सङखुवासभामा बृहत् ल्होसार इभेन्टसगै नगर तथा गाउँ पालिका स्तरिय स्याब्रु नृत्य प्रतियोगिता हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 11, 2019

सङखुवासभामा बृहत् ल्होसार इभेन्टसगै नगर तथा गाउँ पालिका स्तरिय स्याब्रु नृत्य प्रतियोगिता हुने

शेर्पा जातिको एकता,भेषभुषा ,भाषा ,सस्कृतिको विकास आजको आवस्यकता भन्ने मुल नारासहित २१४६ औं स-मो फाग ल्होको अवसरमा हिमालयन शेर्पा सास्कृतिक केन्द्र ,जिल्ला कार्य समिती ,सङखुवासभाको आयोजनामा हिमालयन शेर्पा सास्कृतिक केन्द्रका केन्द्रीय अध्यक्ष छिरिङ शेर्पाको प्रमुख आतिथ्यमा यहि फागुन ७ गते दिनको ११ बजे खादवारी रङगशालामा बृहत् ल्होसार इभेन्ट २०७५ र नगर तथा गाउँ पालिका स्तरिय स्याब्रु नृत्य प्रतियोगिता भब्य रुपमा हुने भएको छ ।

शेर्पा निर्माण ब्यवसायी सङखुवासभाको मुख्य प्रायोजनमा हुन लागेको सो इभेण्टमा नेपाली तारा सन्तोष लामा,गायकहरु मिङमा शेर्पा,पासाङ शेर्पा,सङखुवासभा आईडल आवाज शेर्पा,पुर्बान्चाल डान्सिङ सुपर स्टार पवित्रा तामाङ ,डिजे ङवाङ शेर्पा,गायिका उमङ्ग लार्मा,लोक गायिका माया गुरुङको प्रस्तुती रहने हिमालयन शेर्पा सास्कृतिक केन्द्र सङखुवासभाका अध्यक्ष मिगुर शेर्पाले बताएका छन् ।

पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोही डोमा शेर्पाले कार्यक्रम सन्चालन गर्नुहुने बृहत् ल्होसार इभेण्टमा नगर तथा गाउँ पालिका स्तरिय स्याब्रु नृत्य प्रतियोगिताको आयोजना गरिएको उक्त प्रतियोगिता प्रथम ,द्धितिय ,तृतिय,सान्त्वना हुने प्रतियोगीलाई क्रमश : रु.२० हजार,१५ हजार ,१० हजार ,५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।

The post सङखुवासभामा बृहत् ल्होसार इभेन्टसगै नगर तथा गाउँ पालिका स्तरिय स्याब्रु नृत्य प्रतियोगिता हुने appeared first on .



from http://bit.ly/2N1AB7f

No comments:

Post a Comment

Pages