Untitled - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 9, 2019

Untitled

दक्षिण कोरिया:- बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई दक्षिण कोरियामा एकदर्जन भन्दा बढि संस्था ले एकसाथ सम्मान गरेका छन । कार्यक्रम दोंदेमुन स्थित दर्शन नमस्ते रेष्टुरेण्टको हलमा कार्यवाहक राजदुत को प्रमुख आतिथ्य मा एनआरएनए, एनसीसी , नेपाल आदिवासी जनजाती महासंघ, पत्रकार महा संघ, अनलाईन मिडिया, प्रदेश ३ एकता समाज, पुर्वान्चल सरोकार समाज, सुदुरपश्चिमान्चल समाज, वमन फर वमन, तामाङ संघ, र रामेछाप सम्पर्क समिती , कोरिया व्यवसायी संघ लगाएतको संस्थाहरुले सम्मान तथा भेटघाट कार्यक्रम को आयोजना गरि घिसिङलाई दोसल्ला , र सम्मान पत्र प्रदान गरि सम्मान गरेको हो ।

दक्षिण कोरियाको राजधानी सउल देखि २ सय ६८ किलो मिटर दक्षिणको ख्वाङ्जु शहरमा बुधबार देखि सुरु भएको अन्तराष्ट्रिय विद्युतिय सम्मेलन (विक्सपो) २०१९ मा भाग लिनका लागि कुलमान कोरिया आएका हुन् ।कोरिया इलेक्ट्रोनिक पावर कर्पोरेसनको आयोजनामा भैरहेको विक्सपो शुक्रबार सम्पन्न गरि । सो कार्यक्रमा घिसिंङले नेपालको विद्युतिय क्षेत्रमा लगानी गर्न चाहने विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल समेत गरेको जनाए ।

घिसिङले उपस्थित नेपालीहरुको जिग्यासा लाई प्रस्ट पार्दै नेपालको प्राईब्रेट सेक्टरले उत्पान गर्ने ( हाइड्रो )उर्जा क्षेत्रमा लगानि गर्दा विश्वसनीय र सहिरुपले म्यानेज गरेको सहि प्रोज्रेक्टमा सामुहिक लगानि गर्न र बेला बेला त्यसबारे बुझन पनि सुझाए , लगानि गर्दा नेपाल सरकार ले नेपालको पानी जनताको लगानि भन्ने मुल नाराका साथ ३५०० मेघावट भन्दा बढि को प्रोजेक्ट आउदै गरेकोले त्यसमा लगानी गरे लगानि सुरक्षित हुने उनको सुझाव थियो र नेपाल विधुत प्राबिधिकरण पहिले लोडसेटिङ कसरि अन्त गर्ने चुनौति थियो भने अहिले उत्पादन भएको विधुत कसरि म्यानेज गर्ने भन्ने चुनौती रहेको बताए घिसिङ शनिवार १ बजे नेपाल फर्कि सकेकाछन ।

The post Untitled appeared first on .



from https://ift.tt/33xwFTg

No comments:

Post a Comment

Pages