नेपाल शेर्पा संघले उत्कृष्ठ बनेर संशोधनसहित जारी भएको विधानमा त्रुटी नै त्रुटी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 10, 2019

नेपाल शेर्पा संघले उत्कृष्ठ बनेर संशोधनसहित जारी भएको विधानमा त्रुटी नै त्रुटी

नेपाल शेर्पा संघले उत्कृष्ठ भनेर संशोधन सहित जारी गरेको विधानको परिच्छेदहरुमा ‘अचम्म’ का व्यवस्थाहरु राखिएका छन् । संघको संघीय कार्यसमिति आफैंले आफूलाई भंग गर्ने र पुनः कार्यसमितिले नै नयाँ गठन गर्न सक्ने व्यवस्था’ राखिएका छन । उसो त कार्यसमिति भंग भएमा गठन गर्न विशेष साधारणसभा वा अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था हुन्छ । तर, संघको विशेष साधारण सभाले पारित गरी लागू गरिएको विधानमा ‘यस्तो अचम्मको व्यगस्था राखिएको र यो सुहाउँदो र लोकलयमा अमिल्दो भएको’ कानूनविदहरुको टिप्पणी छ ।

संघको विधानको परिच्छेद ७ दफा ४० संघीय कार्यसमितिको वैठकको (घ) मा ‘बर्षमा एक पटक पनि वैठक वस्न नसक्ने समितिलाई निष्क्रिय संगठनको रुपमा मूल्याङकन गरी संघीय कार्यसमितिले विघटन गरी अर्को कार्यसमिति गठन गर्न सक्नेछ ।’ उल्लेख छ । उसो त संघको विधानमा यस्ता त्रुटीहरु धेरै भेटिन्छन् । प्रदेशसभा भनिएको छ तर विधानको अन्यत्र कतै प्रदेश सभाको बारेमा उल्लेख छैन । अकास्मत प्रदेशसभा भन्ने शब्दले कसरी प्रवेश पायो ? भन्ने प्रश्न उठ्ने गरेको छ ।

त्यस्तै, पदाधिकारीको परिभाषामा स्पष्ट पारिएको छैन । संघीय कार्यसमितिको पदाधिकारीको योग्यतामा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिवका लागि चाहिने योग्यता राखिएको छ । त्यस्तै, पदाधिकारीको योग्यता भने पुनः छुट्टै उपदफा खडा गरिएको छ तर कसलाई पदाधिकारी भन्ने स्पष्ट नहुँदा महाधिवेशनमा झमेला व्यहोर्नुपर्ने र यसले महाधिवेशनमा निर्वाचन गराउन समेत निर्वाचन मण्डललाई समस्या पर्ने प्रष्ट देखिन्छ ।

हिमालयन शेर्पा सास्कृतिक केन्द्रका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले नेपाल शेर्पा संघले उत्कृष्ठ बनेर संशोधनसहित जारी भएको विधान बारे यस्तो धारणा राखेका छन् “याे कर्तव्य पूरा गर्ने बिषयमा शेर्पा संघकाे नेतृत्वमा रहेकाहरु जिम्मेवार भएकाे देखिएन, बिषयकाे बिज्ञता वा जानकारी सस्थाकाे पदाधिकारीमा हुन्छ भन्ने पनि हाेईन, तर त्यस बिषयसंग सम्बन्ध राख्ने बिज्ञता भएका वा ज्ञान भएकाहरुसंग छलफल र परामर्शद्वारा समुदायलाई गति प्रदान गर्न सक्नुपर्छ, त्यसमा पुर्णतः चुकेकाे बिधानलाई सरसरती एकपटक हेरेरमात्र पनि प्रष्ट हुन्छ, हुनत यहां उल्लेख गरिएका बिषय सामान्य, तर एउटा सस्थाकाे जिवनमा महत्त्वपूर्ण अर्थ राख्ने बिषय हुन्, यति अर्थ भएकाे बिषय पनि सस्थाकाे पदमा रहेकाहरुलाई जानकारी भएन भने, त्यस्ताे नेत्रृत्व गलाभरी खतक लगाएर मंञ्चमा ठिङग उभिन विवश बुख्याचा भन्दा अरु हुन सक्दैन, बुख्याचा रुपी नेत्तृत्वले समाजलाई गति प्रदान गर्छ भन्नू मुर्खता शिवाय केही हाेईन त्यसकारण बुख्याचा रुपी नेतृत्व अाजकाे समाजकाे माग हाेईन”

The post नेपाल शेर्पा संघले उत्कृष्ठ बनेर संशोधनसहित जारी भएको विधानमा त्रुटी नै त्रुटी appeared first on .



from https://ift.tt/2K8NJax

No comments:

Post a Comment

Pages