गोन्पा निर्माणका लागी ५ रोपनी जग्गा निशुल्क प्रदान - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 3, 2019

गोन्पा निर्माणका लागी ५ रोपनी जग्गा निशुल्क प्रदान

संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिका ९ तेर्सेमा गोन्पा निर्माणका लागी स्थानीयले निशुल्क जग्गा प्रदान गरेका छन् । कुन्साङ छ्योलिङ गोन्पा निर्माणका लागी स्थानीय निमाठिले शेर्पाले निशुल्क जग्गा दिएका हुन् । शेर्पाले ५ रोपनी जग्गा प्रदान गरेका हुन् । यहाँ पर्यटकीय क्षेत्र तथा सभापोखरी जाने पदमार्गको मुख्य नाका रहेकाले पनि गोन्पा निर्माणले संस्कृति संरक्षणमा समेत टेवा पुग्ने शेर्पाले बताए ।

उनी नेपाल शेर्पा संघ केन्द्रिय कार्यसमिति सदस्य हुन् । उक्त गोन्पा शेर्पा आफै निर्माण समितिका अध्यक्ष रहेर काम गरिरहेका छन् । गोन्पा निर्माण स्थल सम्याउने काम सम्पन्न भइसकेको छ । भने बालुवा, गिटी र ढुङ्गा संकलनको काम भइरहेको छ । गोन्पा निर्माणका लागी करिब ३० लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ ।

नगरपालिकाले छुट्याएको ६ लाख रुपैंयाले गोन्पा निर्माण सम्पन्न गर्न नसकिने भएकाले सहयोगी संघ संस्था तथा व्यक्तिसँग रकम माग गरिरहेको शेर्पाले बताए । उनले गोन्पा निर्माणका लागी सहयोग गर्न सम्पूर्ण देश विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीलाई आग्रह समेत गरेका छन् ।

The post गोन्पा निर्माणका लागी ५ रोपनी जग्गा निशुल्क प्रदान appeared first on .



from https://ift.tt/2K5Swf5

No comments:

Post a Comment

Pages