सोलुखुम्बुको लिखुपिके ५ भकान्जेमा गुम्बा निर्माणको कामले तिब्र लिँदै अबको एक महिनामा सबै काम सम्पन्न हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, April 4, 2019

सोलुखुम्बुको लिखुपिके ५ भकान्जेमा गुम्बा निर्माणको कामले तिब्र लिँदै अबको एक महिनामा सबै काम सम्पन्न हुने

बिष्णु खड्का चैत्र २० सोलुखुम्बु, सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको वडा न ५ भकान्जेमा निर्माण रहेको साङा छोलिङ गुम्बाको रङ पेन्टिङ्को लागि भकान्जे युथ क्लबबाट ५८ जनाले स्वयमसेबकको रुपमा सहयोग गरेको भकान्जे युथ क्लबका अध्यक्ष लाक्पा शेर्पाले बताए । स्वयमसेबकलाई ९ हजार बराबरको निशुल्क खाना भकान्जे निबासी जाङबु शेर्पाले सहयोग गरेको उनले बताए । त्यस्तै १ हजार बराबरको खाना भकान्जेकै पुलाछिरी शेर्पाले गरेका छन । त्यस्तै भकान्जे कै मिङ्गमाडोमा शेर्पाले ५ जनालाई एक एक दिनको खाजा सहयोग गर्ने , प्रतिबद्धता गरेको पनि भकान्जे युथ क्लबका अध्यक्ष लाक्पा शेर्पाले बताए ।

२०७२ सालमा गएको बिनासकारी महाभुकम्पको कारण उक्त गुम्बा पुर्ण रुपमा क्षेति भएको थियो । जसले त्यस क्षेत्रका बौद्ध धर्मलम्बिहरुको पुजापाठ गर्न समेत समस्या भएको थियो । हाल आएर उक्त गुम्बा कार्य तिब्र रुपमा निर्माण भइरहेको छ । निर्माण कार्यलाई सम्पन्न गर्नको लागि बिभिन्न निकाएबाट सहयोग पनि प्राप्त भइरहेको गुम्बा निर्माण उपभोक्ता समितीले जनाएको छ । जसअनुसार करिब १ करोड ५० लाखमा उक्त गुम्बा निर्माण सम्पन हुन लागेको हो । जसअनुसार लगभग १ करोँड सहयोग प्राप्त भएको गुम्बा निर्मान समितीले जनाएको छ ।

The post सोलुखुम्बुको लिखुपिके ५ भकान्जेमा गुम्बा निर्माणको कामले तिब्र लिँदै अबको एक महिनामा सबै काम सम्पन्न हुने appeared first on .



from https://ift.tt/2CTs1Uc

No comments:

Post a Comment

Pages