सोलुखुम्बुमा ग्यासबाट सल्किएको आगोले २ करोड बढीको क्षति । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 13, 2019

सोलुखुम्बुमा ग्यासबाट सल्किएको आगोले २ करोड बढीको क्षति ।

कात्तिक २६,२०७६, सोलुखुम्बु : खाना पकाउने ग्यासबाट सल्किएको आगोले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ मा २ करोड बढिको क्षति भएको छ । मगंलबार दिउँसो चुलोबाट सल्किएको आगोले स्थानिय फिन्जु लामाले सञ्चालन गरेको इन्टेक होटल जलेर नष्ट हुदाँ २ करोड ५७ लाख, ५० हजार बराबरको क्षति पुगेको सोलुखुूम्बु प्रहरीले जनाएको छ ।

आगलागीबाट ढुङ्गा, सिमेन्ट, काठबाट निर्मित ४ कोठे घरका साथै घर भित्र भएको नगद १ लाख ५० हजार रुपैया समेत जलेर नष्ट भएकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जनाकारी दिनु भयो । भान्सासँगै रहेको स्टोर, बेकरी बनाउने मेसिन, लगायतको सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो प्रहरी र स्थानियको सहयोगमा करिब २ घण्टा पछि नियन्त्रिणमा लिइएको थियो ।

The post सोलुखुम्बुमा ग्यासबाट सल्किएको आगोले २ करोड बढीको क्षति । appeared first on .



from https://ift.tt/2KhE0Pa

No comments:

Post a Comment

Pages