पर्यटन क्षेत्रमा लागेका ३१ जना पर्यटन व्यावसायी, प्रख्यात आरोहीहरु नेपाली काग्रेसमा प्रवेश - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 18, 2020

पर्यटन क्षेत्रमा लागेका ३१ जना पर्यटन व्यावसायी, प्रख्यात आरोहीहरु नेपाली काग्रेसमा प्रवेश

काठमाडौँ, साउन ३ । हिमाली भेग एव हिमाल आरोहण पेशामा अवद्ध भएका ३१ जना युवा पर्यटन व्यावसायी एव पवर्तरोही पदप्रदर्शक एव प्रख्यात आरोहीहरु आज नेपाली काग्रेसमा प्रवेश गरेका छन ।
कार्यक्रममा नेपाली काग्रेसका बरिष्ठ नेता, पुर्व सम्माननिय सभामुख एव पर्व उपप्रधानमन्त्रीले पार्टीमा प्रवेश गरेका सवैलाई बधाइ एव शुभकामना दिनुभएको थियो । उहाँले व्याक्तिलाई भन्दा पनि पार्टीको एजेन्डा र पार्टीको निति नियमलाई हेरेर प्रवेश गरेकोमा खुसी व्यक्त गनुृ भएको थियो ।
त्यसैगरि सेभेन समिटका संचालक एव विश्वका १४ हिमाल आरोहण गरि विश्व रेकर्ड कायम गरि सक्नु भएका मिङमा शेर्पाले आरोहीहरुको पक्षमा काम गर्न र उनीहरुको अधिकार सुनिश्चित अव नेपाली काग्रेसले लागि पर्ने जानकारी दिए । उहाँले हिमाल आरोहणका क्रममा खटिने लेजनअफिसरहरु हिमाल आरोही नै हुनु पर्नेमा जोरदारका साथ लागि पर्ने जानकारी दिनुभयो ।
त्यसैगरि आजको कार्यक्रमबाट पार्टी प्रवेश गरेका सोलुखूम्बु खुम्बु पासाङल्हमु गाउँ पालिकाका दावा फिन्जो शेर्पाले पार्टीले गर्दै आएको कार्यलाई देखेर युवा भएको नाताले हिमाली भेगमा हिमाल आरोहणमा हुने समस्यालाई समाधान गर्न युवाहरु लागि पर्नु पर्ने भएकोले पार्टी प्रवेश गरेको जानकारी दिए । उनले पार्टी प्रवेश गरेका युवाहरुलाई पार्टीले प्रशिक्षण एव अन्तरक्रिया कार्यक्रमहरु बेलाबेलामा राखी युवाहरुलाई परिचालन गर्नु पर्ने जानकारी दिनुभयो ।
नेपाली काग्रेसका बरिष्ठ नेता, पुर्व सम्माननिय सभामुख, पुर्व उपप्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लोकतान्त्रिक पर्वतारोही तथा पर्वतारोहण समुदायले आयोजना गरिएको कार्यक्रममा ३१ जना सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङका युवा पर्यटन व्यावसायी, पर्वतिय पदप्रदर्शक र प्रख्यात आरोहीहरु नेपाली काग्रेसमा प्रवेश गरेका हुन । उनीहरु नेपाली काग्रेसले सत्ता बाहिर बसेरपनि नेपाली जनताका लागि गर्दै आएको कार्यलाई देखेर प्रवेश गरेको एक आरोहीले जानकारी दिए । हिमाल आरोहण पर्वतिय पर्यटन क्षेत्रमा हुदै आएको विकृतिलाई निर्मुल पार्न र त्यस क्षेत्रको विकाश गर्न काग्रेस प्रवेश गरेको आरोहीहरु बताउछन ।
ठमेल एस्टे«क वाल क्लाइमिङमा आयोजित कार्यक्रममा लोकतान्त्रिक पर्वतारोही तथा पर्वतारोहण समुदायले नेपाली काग्रेसमा पहिला प्रबेश गरेका र आज नयाँ प्रवेश गरेका सवैलाई बधाइ एव शुभकामना दिएका छन । यस कार्यक्रमको संयोजन अन्तराष्ट्रिय पर्वतारोहण संघका बरिष्ठ उपाध्यक्ष आङ छिरीङ शेर्पाले गर्नु भएको थियो ।

The post पर्यटन क्षेत्रमा लागेका ३१ जना पर्यटन व्यावसायी, प्रख्यात आरोहीहरु नेपाली काग्रेसमा प्रवेश appeared first on .



from https://ift.tt/30p3f9j

No comments:

Post a Comment

Pages