नेपाल भ्रमण वर्ष २०२० को व्यानर आरोही दाफुटी शेर्पाले आमडाब्लाङमा पहराए - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, November 2, 2018

नेपाल भ्रमण वर्ष २०२० को व्यानर आरोही दाफुटी शेर्पाले आमडाब्लाङमा पहराए

शेर्पा सञ्चार समुह नेपालको पुर्व केन्द्रिय सदस्य तथा वारिस्ता दाफुटी शेर्पाले आमडाब्लाङ हिमालको सफल आरोहण गरेको छ । विहिबार विहान ८  ३० बजे सफल आरोहण गरेको गाइड पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।  नेपाली कफिको प्रवद्र्धन र प्रचारका लागि हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख”भन्ने नाराका साथ गत जेठ महिनामा सगरमाथा आरोहण गरेकी उनले नेपाल भ्रमण वर्ष २०२० को व्यानर आरोही दाफुटी शेर्पा आमडाब्लाङमा पहराएको छ । उनले दोस्रो पटक आमडाब्लाङ हिमालको सफल आरोहण गरेकी छिन । सगरमाथाको चुचुरो चुमी नेपाली कफी बजारलाई विश्वसामु चिनाउने र कफी उत्पादनमा बृद्धि गरी रोजगारको सृजना गर्ने मुख्य उद्देश्य पुरा भएको छ । शेर्पा २०१३ मा लजिम्पाटमा भएको मितिनी क्याफेबाट बरिस्त भएका हुन् । ६ बर्षको लामो अनुभवले उनी बरिस्त सुपरभईजर हँुदै प्रशिक्षकको रूपमा काम गर्दै आईरहेकी छिन् ।
कफि बजारलाई बिस्तार गर्न उनले आफैंले बौद्ध रामिटीमा मितिनी क्याफेको शाखा समेत खोलेर ब्यबसाय गरिरहेका छन् । शेर्पा सञ्चार समूह नेपालको पुर्व केन्द्रीय सदस्य समेत रहेका उनी दोलखा जिल्ला सिमी गाउका हुन ।

तस्विर गाइड पासाङ ग्याल्जेन शेर्पा



from Sherpa media Group Nepal https://ift.tt/2OkHRtT

No comments:

Post a Comment

Pages