प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि थाइल्याण्ड प्रस्थान - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, November 2, 2018

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर,कार्तिक १७ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई निजी खर्चमा स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।
नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिउँसो २ बजे मुख्यमन्त्री थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

२ वर्षदेखि घाँटीको समस्याबाट पीडित मुख्यमन्त्री राईले स्वदेशका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी र नेपाल मेडासिटी अस्पतालमा उपचार गराउँदा पनि रोग पत्ता लाग्न नसकेपछि थाइल्याण्ड गएका हुन् । उनले थाइल्याण्डको राजधानी बैंकक स्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य उपचार गराउनेछन् ।

त्यहाँ उपचार पश्चात मुख्यमन्त्री राई आगामी कात्तिक २४ गते स्वदेश र्फकने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

source: onlinekhabar



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2qt5pU1

No comments:

Post a Comment

Pages