मुस्ताङ–बेनी सडकखण्डमा पहिरो, चार दिनदेखि सडक अवरुद्ध - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 18, 2020

मुस्ताङ–बेनी सडकखण्डमा पहिरो, चार दिनदेखि सडक अवरुद्ध

३ साउन, पोखरा । मुस्ताङको थासाङ–४ अन्तर्गत पर्ने काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । निरन्तर वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर कटान गर्दा चार दिन अघिदेखि मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध हुन पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सडक अवरुद्ध भएको ठाउँ म्याग्दी र मुस्ताङको सिमानामा पर्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङका सिडिओ वेदप्रसाद अर्यालले जानकारी दिए । ‘कालीगण्डकीको बहावले गर्दा काभ्रेभिरमा क्षति पुगेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘पहिरोले कालीगण्डकी थुनिएको भन्ने म्याग्दीबासीमा त्रास छ । तर, त्यसो होइन । क्षति पुर्‍याउने देखिँदैन ।’ पहिरोले मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध भएपछि शुक्रबारबाट नेपाली सेनाले पहिरो हटाउने काम गरिरहेको अर्यालले जानकारी दिए । ‘मान्छे हिँड्न मिल्छ । तर, सवारी साधन हिँड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पहिरो हटाउन नेपाली सेनाको टोली परिचालन भइसकेको छ ।’ उनले आइतबार बिहानसम्म उक्त सडक खण्डमा परेको पहिरो हटाइसक्ने जानकारी दिए ।

बाटोको पहिरो हटाउन नेपाली सेनाको टोली, म्याग्दी र मुस्ताङका जनप्रतिनिधिसहितको टोली खटिएको सिडिओ अर्यालले बताए । पहिरो हटाउन दुई वटा जेसिभी प्रयोग गरिएको छ ।

कालीगण्डकी थुनिएको भनेर भ्रामक प्रचार नगर्नसमेत उनले आग्रह गरे । ‘मान्छे नभएको ठाउँमा नदीले कटान गरेको हो । जनधनको क्षति भएको छैन र कालीगण्डकी थुनिने सम्भावना पनि छैन,’ उनले भने ।
-onlinekhabar

The post मुस्ताङ–बेनी सडकखण्डमा पहिरो, चार दिनदेखि सडक अवरुद्ध appeared first on .



from https://ift.tt/3eIlFHh

No comments:

Post a Comment

Pages