मिस्टर तथा मिस टिन शेर्पाको छनोटको पहिलो चरण सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 15, 2018

मिस्टर तथा मिस टिन शेर्पाको छनोटको पहिलो चरण सम्पन्न

गौतम बुद्ध फिल्म प्रा. लि ले पहिलोपटक आयोजना गरेको मिस्टर तथा मिस टिन शेर्पा छनोटको पहिलो चरण सकिएको छ । शनिबार पिपलबोटस्थित सान्बी होटेलमा भएको छनोट चरणमा चालीस भन्दा बढी प्रतिस्पर्धीहरु सहभागी भएका छन् । प्रतियोगिताको दोस्रो चरणको छनोट आगामी शनिबार हुने गौतम बुद्ध फिल्म प्रा. लि कि सस्थापक छिरिङ डोमा शेर्पाले हिमाली सन्देशलाई जानकारी दिनु भयो ।

प्रतियोगिहरुको छनोट तेंजिंङ शेर्पा (Director OfPacific Event&management / IIFT), तेन्दुप शेर्पा-प्रशिक्षक ,  मिस टीन वोर्ल्ड २०१२ कि सुप्रिया मास्के, मिस शेर्पा २०१७ सोनाम डोल्मा शेर्पाले गरेको थियो ।

बिशेस गरि शेर्पा सस्कृतीलाई बचाउन तथा शेर्पा युवाहरूमा भएका प्रतिभाहरुलाई बाहिर उजागर गर्नका साथै ब्याक्तित्व बिकासलाई समेत जोड दिइ यो आयोजना गरेको हो। प्रतियोगितामा शेर्पा समुदायका १३ देखि २० बर्ष उमेरसमुहका सहभागीहरु छन् । प्रतियोगितामा आयोजकले यस्का केही मापदण्डहरु निर्धारण गरेका छन् । जस्मा प्रतियोगीहरु शेर्पा समुदायका हुनुपर्ने , २० बर्षभन्दा तल उमेरका हुनुपर्ने , अविवाहित हुनुपर्ने जस्ता छन् । पहिलो चरण छनोटको नतिजा भने आइतबार सार्वजनिक हुने आयोजकले बताउनुभएको छ ।

The post मिस्टर तथा मिस टिन शेर्पाको छनोटको पहिलो चरण सम्पन्न appeared first on .



from https://ift.tt/2GgXOTm

No comments:

Post a Comment

Pages