नेपाल शेर्पा विद्यार्थी संघको १२ औं महाधिवेशन माघमा हुँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 9, 2020

नेपाल शेर्पा विद्यार्थी संघको १२ औं महाधिवेशन माघमा हुँदै

काठमाडौं – नेपाल शेर्पा विद्यार्थी संघको ऐतिहासिक १२ औं महाधिवेशन माघ ११ गते हुने भएको छ ।

लक्ष्य एक बाटो अनेक आजको विद्यार्थी भोलीको नेतृत्व भन्ने नारा सहित आयोजना गर्ने महाधिवेशनको तिव्र तयारी भईरहेको संस्थाका अध्यक्ष आचार्य साङगे मिङमा शेर्पाले जानकारी दिनुभयो । कार्यक्रम कुमारीगल स्थित ज्योति पार्टी प्यालेसमा हुँदैछ । महाधिवेशनमा विभिन्न १३ वटा जिल्ला शाखा साथै ८ वटा क्याम्पस इकाईका प्रतिनिधी, परीवेक्षकहरुले सहभागिता जनाउने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

साधरण सदस्य लिनेहरुका लागि फाराम आह्वान समेत गरेको छ । संघले शेर्पा विद्यार्थीहरुको हकहित, सुरक्षा, प्रोत्साहन, छात्रवृक्ति वितरण र सामाजिक न्यायका लागि क्रियाशिल संघले विभिन्न कार्यहरु गर्दै आएको छ । विद्यार्थी संघ विगत साढे दुई दशक देखि शेर्पा युवाहरुको शैक्षिक क्षेत्रमा सहभागीताका लागि वकालत गर्दै आइरहेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2Taos4P

No comments:

Post a Comment

Pages