भारी हिमपातका कारण सोलु–काठमाण्डौँ सडक अवरुद्ध । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 8, 2020

भारी हिमपातका कारण सोलु–काठमाण्डौँ सडक अवरुद्ध ।

सोलुखुम्बु : भारी हिमपातका कारण सोलुखुम्बु जिल्लाका अधिकांश हिमाली भु भागका जनजीवन प्रभाबित बनेको छ । ओखलढुगां र सोलुखुम्बुको उच्च पहाडी क्षेत्र पत्ताले र जन्तरधानमा बाक्लो हिमपात हुँदा सोलुखुम्बु–काठमाण्डौ सडक अवरुद्ध बनेको छ ।
प्रहरी चौकी पत्तालेका अनुसार हिउँ जमेका कारण पत्ताले क्षेत्रमा सडक नै देखिने अवस्था छैन् । बुधबार दिउँसो देखी निरन्तर हिमपात हुदाँ पत्तालेमा करिब् २ फिट भन्दा बढी हिउ रहेको छ । भारी हिमपात तथा चिसोका कारण सडक खुल्न समस्या परेको स्थानियले जानकारी गराउनु भएको छ ।
सो क्षेत्रमा अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको स्थानिय भाईछुङ शेर्पाले जानकारी दिनुभयो । सोलु सल्लेरीवाट विहानै छुटेको केहि सार्वजनिक जिप तथा गाडिहरु र बाइकहरु विच वाटोमै अलपत्र रहेको छ ।

सडकमा रहेको बाक्लो हिउ पन्छाउनको लागि स्काभेटर नै प्रयोग गर्नुपर्ने पत्ताले प्रहरी चौकीले जनाएको छ । हिउँका कारण जिल्लाको फाप्लु र तेन्जिङ हिल्लारी विमान स्थल लुक्ला समेत अवरुद्ध बनेको नेपाल नागरिक उड्ययान कार्यलय फाप्लुले जनाएको छ ।
-Solufm

The post भारी हिमपातका कारण सोलु–काठमाण्डौँ सडक अवरुद्ध । appeared first on .



from https://ift.tt/2FufwiX

No comments:

Post a Comment

Pages