प्रथम अनलाईन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा सोनाम याङजी शेर्पा प्रथम - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 11, 2020

प्रथम अनलाईन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा सोनाम याङजी शेर्पा प्रथम

अनलाईन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा सोनाम याङजी शेर्पा प्रथम भएको शेर्पा । शेर्पा ईभेन्ट अर्गनाईजरले शुक्रबार रामनगर पाटी प्यालेसमा एक विशेष कार्यक्रम आयोजना गरी विजेता घोषण गरिएको हो । मंगोलिय हार्ट लगाएत विभिन्न संस्कृतिक प्रस्तुतिको साथमा विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पाले प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा ल्हमु शेर्पा दृतीय, रमेश शेर्पा तृतीय र पासाङ ल्हमु शेर्पाल पब्लिब च्वाइज अवार्ड प्राप्त गरेको हो । आयोजकले गत तीन महिना देखि अनलाईन फेजबुक पेज मार्फत प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगितामा नेपाल, सिकिम लगायत विभिन्न देशबाट गरी १८ जना युवाहरुले सहभागिता रहेको यस प्रतियोगिताका प्रमुख निर्णायकको जिम्मेवारी शेर्पा रेडियोका प्रबन्द निर्देशक नुरु छेपालले प्राप्त गर्नु भएको थियो ।

शेर्पा इभेन्ट अर्गनाईजरले शेर्पा समुदायको भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण गर्न अधुनिक विधिबाट प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनु भयो । संस्थाले यस अघि अनलाईन फोटो प्रतियोगिता आयोजना गरि सकेको छ ।

The post प्रथम अनलाईन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा सोनाम याङजी शेर्पा प्रथम appeared first on .



from https://ift.tt/37XmvwZ

No comments:

Post a Comment

Pages