शेर्पा भाषा उद्घोषण प्रतियोगिताको उपाधी सोनाम याङजी शेर्पालाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 11, 2020

शेर्पा भाषा उद्घोषण प्रतियोगिताको उपाधी सोनाम याङजी शेर्पालाई

काठमाडौँ – अनलाईन शेर्पा भाषा उद्घोषण प्रतियोगिताको उपाधी सोनाम याङजी शेर्पाले हात पर्न सफल भएको छ । सो प्रतियोगितामा ल्हमु शेर्पा दोस्रो र रमेश शेर्पा तेस्रो स्थान हासिल गर्न सफल भए  भन्ने   पासाङ ल्हमु शेर्पाल पब्लिब च्वाइज अवार्ड प्राप्त गरे  । शेर्पा ईभेन्ट अर्गनाईजरले शुक्रबार मंगोलिय हार्ट लगाएत विभिन्न संस्कृतिक प्रस्तुतिको साथमा विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पाले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

आयोजकले गत तीन महिना देखि अनलाईन फेजबुक पेज मार्फत प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगितामा नेपाल, सिकिम लगायत विभिन्न देशबाट गरी १८ जना युवाहरुले सहभागिता रहेको थियो । यस प्रतियोगिताका प्रमुख निर्णाय शेर्पा रेडियोका प्रबन्द निर्देशक नुरु छेपाल शेर्पाले गर्नु भएको थियो ।
शेर्पा इभेन्ट अर्गनाईजरले शेर्पा समुदायको भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण गर्न अधुनिक विधिबाट प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक मिङमार तेन्जीङ शेर्पाले जानकारी दिनु भयो ।



from Sherpa media Group Nepal https://ift.tt/2TgufWz

No comments:

Post a Comment

Pages