शेर्पा संचार समुह नेपालको अध्यक्षमा निम्लेकी शेर्पा निर्वाचिन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 15, 2018

शेर्पा संचार समुह नेपालको अध्यक्षमा निम्लेकी शेर्पा निर्वाचिन

काठमाडौँ, भदौ ३० । आम संचार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागीता संचार क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ सम्पन्न शेर्पा संचार समुह नेपालको ५औँ महाधिबेशनबाट अध्यक्षमा निम्लेकी शेर्पा विजयी भएकी छिन ।


पत्रकारीतामा आवद्ध निम्लेकी शेर्पा शेर्पा संचार समुह नेपालको महासचिवमा थिइन । पाचौ महाधिवेशनमा अध्यक्ष पदका लागि लाक्पा सोनाम शेर्पा र निम्लेकी शेर्पा विच निर्वाचन भएको थियो लाक्पा सोनाम शेर्पालाई ५ मतले पराजित गर्दै निम्लकी शेर्पा अध्यक्ष हुन सफल भएकी हुन ।
माननिय सभासद एव समाजसेवी जिप छिरीङ शेर्पाको प्रमुख आतिथ्यमा ज्योती पाटी प्यालेस कुमारीगल, काठमाडौमा भएको ५औँ महाधिवेशनमा अध्यक्ष,बरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव र सदस्यहरु विच निर्वाचन भएको थियो ।
बरिष्ठ उपाध्यक्षका लागि मिन कुमार शेर्पा र दाफुटी शेर्पा, महासचिवमा स पासाङ शेर्पा र सोनाम याङजी शेर्पा, सचिवमा ङवाङ सेरा शेर्पा र नुरु शेर्पा विच निर्वाचन भएको थियो ।
बरिष्ट उपाध्यक्षमा दाफुटी शेर्पालाई ३ मतले हराउदै मिन कुमार शेर्पा, महासचिवमा सोनाम याङजी शेपालाई हराउदै ३ मतले पासाङ शेर्पा र सचिवमा नुरु शेर्पालाई १ मतले हराउदै ङवाङ सेरा शेर्पा विजयी भएका छन ।
अधिवेशनमा सगरमाथा आरोहण गर्न सफल निवर्तमान अध्यक्ष डोमा शेर्पा र सदस्य दाफुटी शेर्पा लगायत संचारलाई सहयोग गरेका सहयोगी दाताहरुलाई सम्मान गरेका थिए ।
नया कार्यसमिति चयनका लागि अध्यक्ष मण्डलमा आचार्य नोर्वु शेर्पा, नेपाल शेर्पा महिला संघकी अध्यक्ष निमी शेर्पा, पत्रकार छेटु शेर्पा, पत्रकार एव सगरमाथा आरोही डोमा शेर्पा, पुर्व सभासद आङ दावा शेर्पा, शेर्पा सघंका सचिव किशोर शेर्पा र पर्यटन व्यावसायी सोनाम ग्याल्जेन शेर्पा थिए ।
नया कार्यसमितिको नामावाली यस प्रकार रहेको छ ।
अध्यक्षः निम्लेकी शेर्पा
बरिष्ठ उपाध्यक्षः मिन कुमार शेर्पा
उपाध्यक्षः कर्मा शेर्पा
महासचिव पासाङ शेर्पा
सचिव ङवाङ सेरा शेर्पा
कोषाध्यक्ष निमा टेण्डी शेर्पा
सदस्यहरुमा
पेम्बा शेर्पा (रेडियो नेपाल)
ङवाङ छिरी शेर्पा
कर्मा रिन्जी शेर्पा
डोल्मा शेर्पा
पेम्वा शेर्पा रहेका छन ।
निर्वाचित नयाँ कार्यसमितिलाई शेर्पा संघ सस्थाका प्रतिनिधिहरुले बधाई दिएका थिए ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2Mzy5TT

No comments:

Post a Comment

Pages