विद्यार्थी संघको लोसार फुटसल विजेता ग्रीन फुटसल क्लब - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 3, 2019

विद्यार्थी संघको लोसार फुटसल विजेता ग्रीन फुटसल क्लब

नेपाल शेर्पा विद्यार्थी संघले आयोजना गरेको फुटसल प्रतियोगितामा ग्रीन फुटसल विजय भएका छन । संघले शेर्पा समुदायको महत्वपूर्ण पुर्व स मो फाग््लो २१४६ औ ग्याल्पो लोसारको पुर्व सन्ध्यामा आयोजना गरेको प्रतियोगिताका लागि विभिन्न २३ समूहले सहभागिता जनाएका थिए । नक आउटको आधारमा सम्पन्न प्रतियोगितामा ग्रीन फुटसल विजय भएको हो । केरुङ युथ क्लब दोस्रो भएको छ । विजय समूह र खेलाडीहरुलाई संस्थाको २३ गते सोमबारका दिन संघको २५ औ वर्ष अर्थात रजत जयन्ती समारोहमा वितरण गर्ने संस्थाका अध्यक्ष्ँ साङगे मिङमा शेर्पाले जानकारी दिनुभयो । विजय समूहले रु २५ हजार सहित प्रमाणपत्र र ट्रफि पाउने छन भने दोस्रो हुनेले नगद रु १५ हजार सहित प्रमाणपत्र र ट्रफि पाउने आयोजकले जनाएको छ । प्रतियोगिता तीनचुली स्थित ग्रीन फुटसलमा अखिल नेपाल फुटबल संघका फुटसल खेल संयोजक दावा लामा र संस्थापक महासचिव निमा तेन्जिङ शेर्पाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।



from Sherpa media Group Nepal http://bit.ly/2SA2aXk

No comments:

Post a Comment

Pages