त्रिभुवन विमानस्थल विज्ञापनमुक्त हुँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 3, 2019

त्रिभुवन विमानस्थल विज्ञापनमुक्त हुँदै

काठमाडौं, पौष १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रलाई ‘बुटिक एयरपोर्ट’ बनाउन विज्ञापन र होडिङबोर्ड मुक्त गर्ने काम सुरु भएको छ ।
पहिलो चरणमा विमानस्थलको डिपार्चर (प्रस्थान)तर्फको एक र दुई कक्षहरुमा रहेको विज्ञापन हटाइएको छ ।

विमानस्थलमा अहिले प्रबेश गर्नासाथै ठूला-ठूला होडिङ बोर्डहरु यत्रतत्र अव्यवस्थित तवरले राखिएका छन् । टर्मिनल भवनहरुभित्र पनि विभिन्न कम्पनीका बोर्डहरु राखिएका छन्, जसले विमानस्थल नै विज्ञापनस्थल जस्तो बनेको छ । यस्ता विज्ञापनबाट विमानस्थलले थोरै त कमाउँछ, तर यसलेे विमानस्थलको शोभा पुरै हराएको छ ।

त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा विकास गर्न भन्दै पछिल्लो समयमा सुधारका काम सुरु भएका छन् । तर, ठ्याक्कै विमानस्थल कस्तो बन्छ भन्ने ठोस अवधारणा तयार भएको छैन ।

श्रोत, अनलाइनखबर

The post त्रिभुवन विमानस्थल विज्ञापनमुक्त हुँदै appeared first on .



from http://bit.ly/2Su0AWO

No comments:

Post a Comment

Pages