खुल्यो सगरमाथा, आठ जना चुचुरोमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 14, 2019

खुल्यो सगरमाथा, आठ जना चुचुरोमा

यस वर्ष पहिलो पटक आज (मंगलबार) आठ जनाले सगरमाथा चढेका छन्। सगरमाथाको चुचुरो ८ हजार ८ सय ४८ मिटर उचाइसम्म आज दिउँसो आरोहीले डोरी टाँगेसँगै यो वर्षको आरोहण सुरु भएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए। गएको वर्ष पनि वैशाख ३१ गतेदेखि नै सगरमाथा आरोहण सुरू भएको थियो।

संखुवासभाका सिद्धिबहादुर तामाङ नेतृत्वको शेर्पा समूहले डोरी टाँग्ने काम गरेको हो। सो समूहमा पासदावा शेर्पा, सोलुखुम्बुका दोजी ग्याल्जेन शेर्पा र दावा नोर्बु शेर्पा, मिङ दोर्जी शेर्पा, आङ फुर्वा शेर्पा र साङ्बु भोटे लामा छन्।

उनीहरु ‘हिमालयन गाइड्स नेपाल, ट्रेक एन्ड एक्सिपिडिसन प्रालि र मेडिसन माउण्टेनरिङ एभरेष्ट एक्सिपिडिसन–२०१९’ बाट गएको सगरमाथाको आधार शिविरमा रहेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम एक्सिपिडिसन अपरेटर्स एशोसिएशनले गर्दै आएको छ ।

सगरमाथाको शिविर २ सम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति पाएको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन्। यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन्।

विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यसयाममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा छन्। यो सिजनमा हिमाल आरोहणबाट करिब ५० करोड सलामी दस्तुर जम्मा भएको छ त्यसमध्ये सगरमाथाबाट ४३ करोड ८९ लाख २७ हजार रूपैयाँ छ। (रासस)

The post खुल्यो सगरमाथा, आठ जना चुचुरोमा appeared first on .



from http://bit.ly/2VngMtN

No comments:

Post a Comment

Pages