भाषा र कला संरक्षण तथा संबर्धनमा किदुगको भूमिका - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 15, 2018

भाषा र कला संरक्षण तथा संबर्धनमा किदुगको भूमिका

नेपालको अल्पसंख्यक जनसंख्या मध्येको एक शेर्पा जाति हो । विशेष गरि हिमाली भेगमा बसोबास गर्ने जातिको रूपमा शेर्पालाई चिनिन्छ । नेपाल बहुभाषा र बहु संस्कृतिमा धनि देश । यहाँ आफ्नै संस्कृति र चालचलन रहेका छन । साथै आफ्नो कला भाषा र साहित्यको विकास र उत्थानमा आफ्नो समुदायको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

विशेषत: पुर्वि नेपालको सोलुखुम्बु, ओखलढुङ्गा, ताप्लेजुङ्ग, दोलखा, रामेछाप, संखुवासभा, पाँचथर, सिन्धुपाल्चोक,  भोजपुर, रसुवा, लगायतका २२ जिल्लामा शेर्पाहरूको मुख्य बसोबास रहेको पाइन्छ । आफ्नो क्षेत्र अनुसार भाषा र रीतिरिवाजमा भिन्नता पाउनु मूल विषय होईन । यसर्थ भिन्नतालाई समानतामा ल्याउनका लागि आफैमा एकताबद्व  हुन जरूरी हुन्छ । अत: समुदायको विकास र कला संस्कृतिको संरक्षणमा शेर्पा किदुगको महत्वपूर्ण भूमिका रहेको पाईन्छ ।

रोजगारका लागि आफ्नो कर्मथलो बनाउने क्रममा नेपालीहरू आफ्नो देशभन्दा बाहिर अरब लगायत बिभिन्न युरोप अमेरिका तथा अन्य मुलुकमा रहेका छन जसमध्ये शेर्पा पनि एक रहेको छ । यसरी रोजगारीको लागि बिभिन्न क्षेत्रमा रहँदा पनि सो देशमा रहेका आफ्ना समुदायलाइ एकिकृत गर्दै  आफ्नो सम्प्रदायलाई जगेर्णा गर्न संगठित भएको संस्था हो शेर्पा किदुग

कार्यस्थल र कार्यगत समयलाई व्यवस्थापन गर्दै बैदेशिक भूमिमा रहेर पनि आफ्नो रीतिरिवाजका साथमा दुखमा परेका शेर्पा दाजुभाई तथा दिदीबहिनीलाई सहयोग गर्ने, आफ्नै देशमा रहेर पर्यटन विकासका साथमा भाषा तथा संस्कृति जगेर्णा गर्नका लागि कदम चाल्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्ने काम किदुगले गर्दै आएको छ । जसरी आफ्नो समाजमा एकता छ त्यस्तै नेपालको २२ जिल्लाका शेर्पा लगायत भारतको सिक्किम तथा दार्जेलिङका शेर्पालाई पनि किदुगले समेटेर एकताबद्व भई अघि बढेको पाईन्छ । किदुगको मुख्य उद्देष्य भनेको कर्मभुमिमा रहेर पनि  आफ्नो परम्परागत मौलिकतालाई जीवित राख्नु हो । विशेष गरि किदुगले नयाँ वर्ष अर्थात ल्हासारको आयोजना गर्ने र  बुद्वजयन्तीको अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

हालसम्म शेर्पाहरूको बैदेशिक यात्राको आँकडा हेर्दा नेपाल सरकारद्वारा रोजगारीका लागि स्विकृति प्राप्त देशमध्ये अमेरिकी राष्ट्र, बेल्जियम, पोर्तुगल, युके, क्यानाडा,जर्मनी, स्विजरल्याण्ड, स्पेन, इटाली पोल्याण्ड, साईप्रस, इजराईल, बहराईन, दक्षिण कोरिया, जापान, युएइ, कतार, मलेशिया लगायतका ३२ भन्दा बढि देशमा किदुगको स्थापना भएको पाईन्छ । यसरी मौलिक पहिचान, कला, भाषा र संस्कृतिको सम्वर्धन र प्रबर्धनमा आ आफ्नो तवरबाट लागि पर्नका लागि किदुगको महत्वपूर्ण भूमिका रहेको छ ।

फुर्ङिमा शेर्पा

जिरी, दोलखा (हाल युएई)



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2xsLWpJ

No comments:

Post a Comment

Pages