ओखलढुंगालाई पर्यटकीय गन्तव्य बनाउने संभावना,लक्ष्य र चुनौती - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 14, 2018

ओखलढुंगालाई पर्यटकीय गन्तव्य बनाउने संभावना,लक्ष्य र चुनौती

शेरसाङे शेर्पा खिजिदेम्बा कवि सिद्दिचरण श्रेष्ठको “मेरो प्यारो ओखलढुंगा” र गायक गम्बु शेर्पाको जिल्लाभक्ती भावले सजिएको “ओखलढुंगा जिल्ला मेरो ढुङ्गाकै छ ओखली,छाङछङ गर्दै बगिरहने सुन्दर झार्न पोकली” भन्ने भावबाट पनि स्पष्ट हुन्छ कि ओखलढुंगालाई पर्यटकीय गन्तव्य बनाउने संभावनाहरु निकै बलियो भएको छ। ओखलढुंगा जिल्ला पुर्वमा खोटाङ,पश्चिममा रामेछाप,उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर/सिन्धुली जिल्लाको बीचमा सुमधुर सम्बन्ध कायम गाँसिएको एक पहाडी जिल्ला हो।क्षेत्रफलको हिसाबले १०७४ बर्ग किमि रहेको जिल्ला एक नगरपालिका सहित सात स्थानीय तह गरी ७५ वडा विभाजित युगकवी सिद्दिचरण श्रेष्ठ,राष्ट्रिय गायकका रचनाकार प्रदीप कुमार राई(ब्याकुल माइला) नेपालका उस्तउस्तै सात अग्ला डाँडाहरु मध्येकै तेस्रो अग्लो थोलेदेम्बा डाँडा,पोकली झार्न,जिल्लाकै ठुलो आकर्षक र मनोरम गौरीवन,नेपालकै प्रख्यात उद्योग रुम्जटारको राडी पाखी,तातोपानी भएको छलछले झार्न,सेप्ली झार्न,तीन छागे,फेताले गुफा,चिलिमडाँडा चियाबारी,जल खनिज र जडिबुटी लगायत मठ मन्दिर,धार्मिक गुम्बा,देवलय,चार्ज एवम् प्राकृतिक मन्दिर,गुफाहरुले पर्यटकलाई आकर्षित बनाउनुको साथै पर्यटकको आगमनमा थप उत्साहित गर्ने आधार खडा गरेको पाइन्छ ।ओखलढुंगा जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने प्रचुर संभावना भोगेका सबैको मन लोभ्याउने आकर्षक गन्तव्य र मनोरम स्थलहरु पर्याप्त मात्र भएता पनि ओखलढुंगामा पर्यटन प्रबर्द्धन गर्न निकै चुनौती देखिन्छ।

आन्तरिक तथा बाह्य पर्यटन आगमन हुन लायकका कतिपय स्थानहरुको प्रचारप्रसार नहुनु,पर्यटकहरुका लागि भौतिक आवासको सुबिधा कमै मात्र हुनु,यातायातको पहुँच सहज नहुनु, पदयात्राका लागि पदमार्ग र सबै क्षेत्रमा इमेल ईन्टरनेटको पहुँच कमी हुनका कारणले पर्यटन प्रबर्द्धन गर्नका लागि प्रचुर संभावना भोगेका स्थलहरु आजै ओझेलमा पारेको खिजिदेम्बा -९ पात्लेका पर्यटन व्यवसायी तथा सगरमाथा आरोही पेम्बा शेर्पाले बताउनुभयो। शेर्पाले पर्यटन प्रबर्द्धन र बिकासमा स्थानीय तह र सबै पर्यटन व्यवसायीहरुले महत्त्वपूर्ण रुपमा भुमिका निर्वाह गर्न सकेको खण्डमा ओखलढुंगामा पर्यटन प्रबर्द्धन गर्न खासै चुनौती नहुने विश्वास गर्दै ओखलढुंगामा पर्यटन आगमन गर्नका लागि पोकली महोत्सव,ककनी महोत्सव र थोलेदेम्बा महोत्सव जस्ता महत्त्वपूर्ण उत्सवहरु भएता पनि पर्यटनको आगमनमा खसै उपलब्धि नभएको गुनासो गर्नुभयो। ओखलढुंगा जिल्लामा पर्यटन प्रबर्द्धन गर्ने हेतुले गत २०७५ साल असार ३१ गतेका दिन खिजिदेम्बा -९ का ङावा ङिमा शेर्पाको अध्यक्षतामा सबै पर्यटन व्यवसायीहरुलाई एकजुट गर्दै “ओखलढुंगा पर्यटन बिकास समिति।”गठन भएको र सो समितिले भावी दिनहरूमा पर्यटन प्रबर्द्धन र बिकास गर्नका लागि एकपछि एक गर्दै क्रमिक रूपमा गुरु योजना स्थानीय तहसंग समन्वय गर्दै अगाडि लैजान लक्ष्य रहेको “Okhaldhunga tourism development committee” का महासचिव वाङ्डा शेर्पाले बताइएको छ।उहाँका अनुसार ओखलढुंगामा पर्यटन प्रबर्द्धन गर्ने पहिलो चरणको कार्य अन्तर्गत ४२०० उचाइमा रहेको पिके पिक देखि २१ किमि दूरीमा पर्ने खिजिदेम्बाको खिजिफलाटे बजारसम्म ” हप म्याराथुन दौड” आयोजना गर्ने बताउदै यस प्रतियोगितातामा सबै युवाहरूलाई उत्साहजनक रूपमा सहभागी हुन समेत आव्हान गर्नुभयो। २०७५ मंसिर 12 गते नोवेम्बर २८ तारीख दिन हुने पिके खिजिफलाटे हप म्यारथुन दौड प्रतियोगिताका लागि प्रथम पुरस्कार 50/50 हजार र प्रमाणपत्र महिला पुरुष दुबैको लागि पुरस्कारको व्यवस्था हुनुको साथै महिला पुरुष दुबैका लागि दसौं स्थानसम्मका लागि पुरस्कारको व्यवस्था हुने आयोजक परिवार ओखलढुंगा पर्यटन बिकास समितिले जनाइएको छ। सो समितिले हप म्यारथुन दौड प्रतियोगिता सम्पन्न गराएपछि क्रमश पर्यटकहरुलाई सुविधाको मध्यनजर गर्दै होमएस्टे,कुक तालीम,पर्यटन बस्ने सुविधाजनक होटल/लज हरु स्थापन गर्नुका साथै ओखलढुंगाका पर्यटकीय दृष्टिकोणले प्रख्यात स्थलहरुको प्रचारप्रसारका साथै पर्यटन भित्र्याउन विशेष भुमिका र पहल गर्ने लक्ष्य भएकोले लक्ष्य अनुरुप काम गर्ने प्रतिबद्धता रहेको समितिले जनाइएको छ। ओखलढुंगा पर्यटन बिकास समितिको भावी कार्ययोजनालाई थप प्रभावकारी बनाउनका लागि खिजिदेम्बा गाउँपालिकसंग पर्यटन व्यवसायीहरुले सहकार्य गरेमा पर्यटन व्यवसायीहरुको लक्ष्यलाई समर्थन गरी आवश्यकता अनुसारको सहायता प्रदान गर्ने खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेद बहादुर रोकाले बताउनुभएको छ।

उहाँका अनुसार खिजिदेम्बामा पर्यटन प्रबर्द्धन र बिकास गर्नका लागि थप सहायता र उत्साह मिलोस् भन्ने उद्देश्यका साथ पिके खिजिफलाटे हप म्याराथुन दौड प्रतियोगिता संचालनका लागि गाउँपालिकाले रु ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको बताइएको छ।खिजिदेम्बा गाउँपालिकाले पर्यटन क्षेत्रमा थप टेवा पुर्‍याउने दीर्घकालीन सोचका साथ थोलेदेम्बा प्रतीक्षालय र थोलेदेम्बा पर्यटन महोत्सवका लागि ३/३ लाख रुपैयाँ अनुदान छुट्याइएको गाउँपालिकाले जनाइएको छ। आगामी दिनहरुमा कृषि,पर्यटन र जडिबुटीको प्रबर्द्धन तथा बिकासका लागि दीर्घकालीन योजना सहित अघि बढ्ने गाउँपालिका अध्यक्षले दावी गर्नुभयो। ओखलढुंगामा पर्यटन आगमन उपलब्धि मुलक भएको अवस्थामा त्यहाँका स्थानीय जनताहरुको आर्थिक स्तर,रोजगारी,स्वस्थ्य,शिक्षा र पुर्वाधार बिकासमा उत्साहजनक परिवर्तन हुने कुरामा दुई मत छैन।जिल्ला तहमा पर्यटन प्रबर्द्धन गर्न पर्यटन व्यवसायी मात्र नभइ सबै जनसमुदाय,सरोकारवालाहरुको ध्यानाकर्षण हुन जरुरी देखिन्छ।जब सम्म जिल्लामा पर्यटन बिकासका लागि सहकार्य र समन्वय हुँदैन तबसम्म स्थानीय समुदायको जनजीवन परिवर्तन हुन सक्तैन।पर्यटन प्रबर्द्धनका लागि पर्यटकहरूलाई सम्मानपूर्ण व्यवहारको आवश्यक पर्नुको साथै सबै पर्यटन व्यवसायी र ट्रेकिङ एजेन्सीहरुको एकता नै पर्यटन प्रबर्द्धन गर्ने पहिलो आधार हो।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2p94S9d

No comments:

Post a Comment

Pages