पोर्तुगलको एनआरएन अल्गार्भ कार्यसमिति सदस्य अधिकारीले दिए राजिनामा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, April 16, 2020

पोर्तुगलको एनआरएन अल्गार्भ कार्यसमिति सदस्य अधिकारीले दिए राजिनामा

मनोज भट्टराई
१६ अप्रिल/लिस्बन – पोर्तुगलका एनआरएन क्षेत्रीय अल्गार्भ कार्यसमिति सदस्य कृष्णप्रसाद अधिकारीले राजिनामा दिएका छन ।
विश्वमा अहिले कोरोनाको महामारी फैलिएको बेला पोर्तुगलमा रहेका नेपालीलाई राहत दिन भनेर समिति र उप–समितिहरु बनेर काम सुरु गरेकै बेला अधिकारीले फेसबुक मार्फत राजिनामा लेखेका हुन ।
अल्गार्भ क्षेत्रका अध्यक्ष अनिल शर्माले राहत वितरण गर्ने कामको प्रचारबाजी गरिनुपर्ने जिकिर फेसबुक म्यासेन्जरको च्याट ग्रुपमा गरेपछि सदस्य अधिकारीले यसको बिरोध गरेका थिए । नैतिकताका आधारमा सङगठनमा रहेर काम गर्न नसकिने ठहर गर्दै राजिनामा दिएको उल्लेख गरेका छन । हेर्नुहोस राजिनामाको पुर्ण पाठ ः

मिति :- २०२०/०४/१६

श्री ,
गैर -आवाशीय नेपाली संघ ,
क्षेत्रीय समन्वय परिषद अल्गार्भ ।

बिषय :- राजिनामा सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा म यस गैर-आवाशीय नेपाली संघ क्षेत्रिय समन्वय परिषद अल्गार्भ कार्यसमिति सदस्यमा रहेको यहाँहरुलाई जानकारी भएकै हो ।

कोरोना भाइरसको महामारीका कारणले यति बेला विश्व प्रभावित छ । यसै सन्दर्भमा पोर्तुगलमा रहेका विभिन्न संघ-सस्थाले अथवा व्यक्तिगत तवरले सहयोग गरिरहेका छन् । त्यसै गरि हाम्रो यस संस्थाले अल्गार्भ क्षेत्रमा गरेको सहयोग र राहत वितरण जनमानसमा सर्वबिधितै छ ।
तर पनि यो अवस्थामा राहत लिने र दिने कार्य दिल देखि हुनुपर्छ। तर सामाजिक संजाल वा कुनै समाचार संस्थामा प्रचारात्मक शैलीमा हुनुहुदैन भन्ने मेरो बिचार र सिद्धान्त हो र रहिरहनेछ ।
यहि बिसयमा प्रचारात्मक नबनौं कार्यसमितिमा
रहेर पछि नेतृत्वले गरेका सबै कामलाई सहि छाप गर्न मेरो नैतिकताले मलाई दिँदैन ।
जो जसले गरेपनि सहि र गलत कार्य छुट्याएर समर्थन सहयोग ,बिरोध गर्न पाउनुपर्छ भन्ने कुरामा म सदैब अडिक छु र रहिरहनेछु ।
तर यी नै बिषयमा नेतृत्व सम्हाली रहनुभएका अध्यक्ष ज्युसंग छलफल गर्दा उहाँले ठिक माथि उलेखित नैतिकता ,आदर्श र सिद्धान्त कुरामा असमत हुनुभएकोले आजका मिति देखि उहाँसंग सांगठनिक हिसाबले कुनै पनि संस्थामा रहेर सहकार्य गर्न नसकिने बेहोरा जानकारी गराउनु चाहान्छु ।

साथै म संस्था भन्दा बाहिर भएपनि आफू बसेको समाज ,सम्पुर्ण नेपाली तथा मानविय सहयोगका लागी सदैब अग्रसर रहने जानकारी गराउँदछु ।

अन्त्यमा :- मलाई कार्यसमितिमा रहनुपर्छ भनेर विश्वास गरि प्रतिनिधिका रुपमा पठाउनु हुने सम्पूर्ण मोंते गोर्दो बासी तथा अल्गार्भ बासी नेपाली समुदायमा हार्दिक धन्यवाद दिन चाहान्छु ।

कृष्ण प्रसाद अधिकारी
कार्यसमिति सदस्य
गैर आवाशीय नेपाली संघ,
क्षेत्रीय समन्वय परिषद अल्गार्भ ।

कोरोना राहत तथा जानकारी कोष का लागि युरो २१ दिने घोषणा समेत गर्दछु । संकलन समितिका साथिहरुले सम्पर्क गर्नुहोला ।

The post पोर्तुगलको एनआरएन अल्गार्भ कार्यसमिति सदस्य अधिकारीले दिए राजिनामा appeared first on .



from https://ift.tt/3bfzexb

No comments:

Post a Comment

Pages