सुकुटेमा बस दुर्धटना, तीन महिने शिशुसहित १७ जनाको मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 3, 2019

सुकुटेमा बस दुर्धटना, तीन महिने शिशुसहित १७ जनाको मृत्यु

कार्तिक १७ । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएकी छिन । मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको उनले बताइन् ।

उनका अनुसार मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०/५१ वर्षीया रक्तकुमारी रावत छन् ।

त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् ।

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।
श्रोत अनलाइन खबर

The post सुकुटेमा बस दुर्धटना, तीन महिने शिशुसहित १७ जनाको मृत्यु appeared first on .



from https://ift.tt/2Nfdg3P

No comments:

Post a Comment

Pages