हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको लोसार र रजय जयन्ती एकसाथ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, December 14, 2018

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको लोसार र रजय जयन्ती एकसाथ

शेर्पा समुदायको भाषा धर्म संस्कार संस्कृतिको संरक्षण तथा संवद्र्धनमा निरन्तर दुई दशक लामो यात्रा पुरा गरेको हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले लोसारको विविध कार्यक्रम सहित आफ्नो २५ औ वार्षिक उत्सव मनाउने भएको छ । विगत लामो समय देखि वृहत लोसार गुथुक साँझ तथा वृहत लोसार कार्यक्रम सहित विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको केन्द्रले यो वर्ष लोसार कार्यक्रम सहित रजत जयन्ती मनाउने हो । हिमाली समुदायको राष्ट्रिय पर्व अर्थात नयाँ वर्ष स मो फाग् लो २१४६ औं ग्याल्पो लोसारको पावन अवसरमा रजत जयन्ती सहित विविध साँस्कृतिक प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । हिमालयन शेर्पा सास्कृतिक केन्द्रले विगत लामो समय देखि ग्याल्पो लोसारको अवसरमा आयोजना गर्दै आएको लोसार गुथुक साँझ, बृहत श्याव्रु नृत्य प्रतियोगिता तथा शेर्पा भाषामा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता र साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम लगायतका कार्यक्रम गर्ने जनाएको छ । महायानी बौद्ध धर्मावलम्बीहरुको महान पर्व स मो फाग् लो २१४६ औं ग्याल्पो लोसार तथा संस्थाको रजत जयन्तीको अवसरमा मिति २०७५ माघ २० लोसार गुथुक साँझ,माघ २१ बृहत श्याव्रु नृत्य प्रतियोगिता तथा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता माघ २२ गते लोसार शुभकामना आदानप्रदान तथा साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार तथा प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण साथै साँस्कृतिक कार्यक्रम रहेको संस्था महासचिव सेर्कु शेर्पाले शेर्पा सञ्चारलाई जानकारी दिनुभयो । श्याव्रु प्रतियोगितामा भाग लिन रु.५,००० शुल्क लाग्ने छ । श्याव्रु सामुहिक वा संस्थागत रुपमा भाग लिन पाउने छन । श्याव्रु प्रतियोगितामा प्रथम हुनेले रू ५०,००० नगद सहित ट्रफी र प्रमाणपत्र दोस्रो हुनेले रु ३०,००० नगद सहित ट्रफी र प्रमाणपत्र तेस्रो हुनेले रू२०,००० नगद सहित ट्रफी र प्रमाणपत्र र पब्लिक चोईस पुरस्कार समेत रू १०,००० प्रदान गरिने संस्थाले जनाएको छ । पब्लिक चोईस भोटिङबाट छानिने छ । त्यस्तै शेर्पा भाषामा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता सहभागिता जनाउन रु. १,००० शुल्क लाग्नेछ । वक्तृत्वकलामा प्रथम हुनेले रु २०,००० , दोस्रो हुनेन रू.१५,००० र तेस्रो हुनेले रू१०,००० नगद पुरस्कार तथा ट्रफी र प्रमाणपत्र पाउने छन भने सान्त्वनाः रू ५,००० नगद पुरस्कार प्रदान गर्ने महासचिव शेर्पाले बताउनुभयो । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका यी कार्यक्रमहरु समुदायमा जीवन्त भएको र यसले समुदायमा नयाँ उर्जा र संस्कृति प्रतिको माया अझ बढाएको संस्थाका अध्यक्ष छिरिङ शेर्पाले बताउनुभयो । कार्यक्रमलाई सभ्य र भव्य बनाउन आफुहरु तिव्र गतिमा कार्यक्रमको तयारीमा जुटेको अध्यक्ष शेर्पाले बताउनुभयो । संस्थालेसाम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार २०७५ पनि वितरण गर्नेछ ।



from Sherpa media Group Nepal https://ift.tt/2Bm98HS

No comments:

Post a Comment

Pages