टानले यही मे २९, २०१८ का दिन “Sustainable Tourism: The Solution is Less Pollution ” भन्ने मुल नारा लिएर TAAN International Eco-challenge 2018 को आयोजना गर्न लागेको छ । मे २९, TAAN Day र International Sagarmatha Day परेको कारणले गर्दा पनि टानले यहि मितिमा TAAN International Eco-challenge आयोजना गर्न लागेको हो ।
ईको टुरिजम प्रबद्र्घन गर्ने उदेश्यका साथ टानले यस कार्यक्रमको आयोजना गरिएको हो । स्वदेशी एवं विदेशीहरुको सहभागीता रहने यस खेलमा साइक्लिङ्ग दौड आयोजाना गरिएको छ । यो खेल टान सचिवालयबाट सुरु भएर पशुपति – एयरपोर्ट – नयाँ बानेश्वर – थापाथली – त्रिपुरेश्वर – सुन्धारा – न्युरोड गेट – ठमेल (सञ्चयकोष भवन)– नरसिङ् चोक– पिपल बोट – लौनचौर– उत्तरगेट हुँदै टान सचिवालय, मालिगाँउमा आएर समापन गरिने व्यवस्था गरिएको छ ।
सो खेलमा १८ बर्ष माथिका प्रतिस्पर्धिहरुले भाग लिन सकिन्छन् । टानका महासचिव आङ पेम्बा शेर्पाका अनुसार सहभागिताका लागि आवेदन खुल्ला गरिएको र साइक्लिङ्ग दौडमा सहभागी हुन चाहने इच्छुकहरुलाई रु. ९९९ दर्ता शुल्क रहेको बताउनु भयो । साथै विजेतालाई नगद रु.३५ हजार रूपैयाँ पुरस्कार दिइने छ । दोस्रो र तेस्रो हुनेले भने क्रमश: रु.२५ हजार र रु.१५ हजार रूपैयाँ प्राप्त गर्ने जानकारी महासचिव शेर्पाले हिमाली सन्देशलाई बताउनु भयो ।
from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2GtVBys
No comments:
Post a Comment