दोस्रो पर्यटन महोत्सव २०१९ आयोजना गर्दै NCTTM कलेज - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 9, 2019

दोस्रो पर्यटन महोत्सव २०१९ आयोजना गर्दै NCTTM कलेज

पर्यटन विकास र पर्यटन सम्बन्धि जनचेतना मुलक कार्यक्रम आयोजना गर्दै आएको NCTTM कलेजले यस वर्ष पनि फाल्गुन २,३ र १६ गते (फेब्रुअरी १४,१५ र १६ तारिक) दिन दोस्रो पर्यटन महोत्सव आयोजना गर्न लागेको छ ।

कलेज र कलेजका विध्यार्थीहरुको सङ्लग्नतामा गरिदै आएको पर्यटन महोत्सवलाई यस बर्ष पनि गर्न लागेको हो । गत वर्ष सम्पन्न पहिलो पर्यटन महोत्सव २०१८ पर्यटन क्षेत्रमा लाभदायिक देखिएकोले गर्दा पर्यटन वर्ष २०२० लाई सहयोग गर्नमा यस महोत्सबले महत्वपूर्ण भूमिका निभाउने छ ।

आम नागरिकमा पर्यटन सम्बन्धी चेतना फैलाउने मुख्य लक्ष्य बोकेको महोत्सवले पर्यटन बिकासमा ठुलो टेवा पुर्याउने साथै आम नागरिकमा पर्यटनको मुख्य भुमिका र किन पर्यटनको महत्त्व छ भन्ने कुराको ज्ञान दिने सोचका साथ महोत्सवको तयारी भइरहेको छ।

यस महोत्सवमा पर्यटन व्यवासायीहरु पनि सहभागी रहने छ । विभिन्न पर्यटक आकर्षित गर्ने स्टल पनि राखिने छ । विभिन्न पर्यटन व्यवासायीहरुले आफुले गर्दै आएका क्रियाकलापहरुको प्रदर्शनी गर्नेछन। यस महोत्सवमा Paragliding, Wall climbing, Trekking, Abseiling, Rafting जस्ता कुराहरुको विभिन्न स्टल रहने र यी गतिविधिहरुको बारेमा सबै सामु परिचित बनाउने उदेश्य बोकेको छ। यी गतिविधिहरु मात्रै नभइ विभिन्न खानेकुराहरुको पनि स्टल राखिने छ।

गत बर्ष सफलताको साथ सम्पन्न भएको महोत्सव यस वर्ष पनि सफलताको साथ सम्पन्न हुने आशा आयोजकले गरेको छ । यस पर्यटन महोत्सव हरेक बर्ष NCTTM कलेजले आयोजना गर्दै आएको छ ।

The post दोस्रो पर्यटन महोत्सव २०१९ आयोजना गर्दै NCTTM कलेज appeared first on .



from http://bit.ly/2Doativ

No comments:

Post a Comment

Pages