सोलुखुम्बुका एक जनालाई कोरोना संक्रमण भएको पुष्टि - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 12, 2020

सोलुखुम्बुका एक जनालाई कोरोना संक्रमण भएको पुष्टि

सोलुखुम्बु । सोलुखुम्बुमा एक जना कोरोना संक्रमित भेटिएको छ । कोरोनाको आशंकामा पिसिआर परिक्षणका लागि काठमाण्डौ पठाइएको सोलुखुम्बुका तीन जनामध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् ।

फाप्लुस्थित आइसोलेसनमा रहेका सोलुदुधकुण्ड नगरपालिकाका उनलाई कोभिड अस्पताल विराटनगर लगिँदैछ । दोश्रो पटकको पिसिआर परिक्षणमा समेत उनको रिपोर्ट पोजेटिभ आएको हो । सोलुखुम्बुमा कोरोना संक्रमित पुष्टि भएपछि बिहिबार बैठक बसी थप रणनीति तय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।

सोलु अस्पताल फाप्लुमा गरिएको आरडीटी परिक्षणमा नेगेटिभ रिपोर्ट आएपनि कोरोनासँग मिल्दो लक्षण देखिएका कारण स्वाब संकलन गरी शुक्रबार काठमाण्डौ पठाइएको थियो । सोलुखुम्बुवाट पठाइएको स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परिक्षण गरिएको थियो ।

स्वाब संकलन गरिएकालाई फाप्लुस्थित आइसोलेसन कक्षमा राखिएको थियो । यस अघि सोलुखुम्बुमा लिखुपिके गाउँपालिकामा एक जना र सोताङ गाउँपालिकामा एक जनाको आरडिटी परिक्षण पोजेटिभ देखिएकोमा पिसिआर परिक्षण नेगेटिभ आएको थियो ।

The post सोलुखुम्बुका एक जनालाई कोरोना संक्रमण भएको पुष्टि appeared first on .



from https://ift.tt/2W97Qvi

No comments:

Post a Comment

Pages