सोलुखुम्बु दिप्लीघाट बेलिब्रिज निर्माण सम्पन्न भएको १ महिना बित्न नपाउँदै भत्किन थाले - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 10, 2020

सोलुखुम्बु दिप्लीघाट बेलिब्रिज निर्माण सम्पन्न भएको १ महिना बित्न नपाउँदै भत्किन थाले

सोलुखुम्बु । सोलुखुम्बुको दिप्लीघाटमा हालै निर्माण सम्पन्न बेलिब्रिज जोखिममा परेको छ । थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिका जोड्न दिप्लीघाटमा निर्माण भएको बेलिब्रिज निर्माण सम्पन्न भएको १ महिना बित्न नपाउँदै जोखिममा परेको हो । बेलिब्रिजको प्रोटेक्सनका लागि लगाइएको ग्याभिङ जालीसमेतको वाल भत्किँदा बेलिब्रिज जोखिममा परेको हो । प्रोटेक्सनका लागि लगाइएको ग्याभिङ जालीसमेतको प्रोटेक्सन वाल भत्किँदा बेलिब्रिज जोखिममा परेको हो ।

निमार्ण गर्ने क्रममा बिचबाट मात्रै ग्याभिङ वाल लगाइएको कारण पानीले जगको माटो बगाउँदा ग्याभिङ जाली भत्किएको निर्माणमा सम्लग्न दुर्गा राईले बताए । निर्माणको जिम्मा पाएको निश्चल निशानी सेवाले गाउँपालिकाको स्टमेट अनुसार नै काम गरेको दाबी समेत गरेको छ ।

जगमा ग्याभिङ राख्नुको सट्टा माटो मात्र प्रयोग गर्दा जोखिम बढेको सोताङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर राईले बताए । आज बिहिबार प्राबिधिक सहितको टोलीले अनुगमन गरेकाले भोलिबाट नै ताराजाली भर्ने काम सुरु गर्ने अध्यक्ष राईले बताए ।

२०७५ चैत्र १९ गते बेली व्रिज निर्माणका लागि महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका बिच सम्झौता भएको थियो । निर्माणका लागि प्रदेश १ सरकारको ४६ लाख महाकुलुङको ५० लाख र सोताङ गाउँपालिकाको १ करोड बजेट खर्च भएको छ । बेलिबिज्रको औपचारिक उद्घाटन समेत भएको छैन ।

The post सोलुखुम्बु दिप्लीघाट बेलिब्रिज निर्माण सम्पन्न भएको १ महिना बित्न नपाउँदै भत्किन थाले appeared first on .



from https://ift.tt/38JomXF

No comments:

Post a Comment

Pages