सोलुखुम्बु : लगातारको बर्षापछि ठाउँ ठाउँमा पहिरो, सडक खण्डसमेत केही घण्टा अबरुद्ध - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 10, 2020

सोलुखुम्बु : लगातारको बर्षापछि ठाउँ ठाउँमा पहिरो, सडक खण्डसमेत केही घण्टा अबरुद्ध

सोलुखुम्बु । लगातारको बर्षाका कारण सोलुखुम्बुको विभिन्न क्षेत्रमा क्षति पुगेको छ । बर्षा पछि आएको पहिरोका कारण ठाउँ ठाउँमा सडक अबरुद्ध समेत भएको छ । बिहिबार साल्मे सिस्नेरी सडक र सल्लेरी नेले सडक खण्ड केही घण्टा अबरुद्ध रह्यो ।

लगातारको बर्षाका कारण सडकमा ढुंगा सहितको पहिरो जाँदा अवरुद्ध बनेको साल्मे क्षेत्रको सडक र सल्लेरी नेले क्षेत्रको सडक खण्डक करिब चार घण्टा अबरुद्ध रह्यो । सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक टेकुनन्द ईवा लिम्बुका अनुसार सडकमा थुप्रिएको पहिरो स्काभेटरको सहायताले हटाएसँगै सडक सुचारु भएको हो । रातीदेखि परेको अबिरल बर्षाका कारण जिल्लाको अन्य सडकको पनि ठाउँ ठाउँमा पहिरो खसेको छ ।

बर्षापछिको पहिरोको कारण माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ ठुलो ढुङगाका ४ घर पहिरोले भत्किएको छ । बर्षाका कारण ४ घर परिवार बिस्थापित भएको माप्य दुधकोशी गाउँपालिका २ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिए । गएराति पहिरोको कारण लब्दी दमाई, सन्तुबिर राई, देउमाया मगर र सुब्बा मगरको घर पहिरोले भत्काएको भए पनि कुनै मानबिय क्षति भने भएको छैन । सबैलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रवक्ता मगरले बताए ।

माप्य दुधकोशीकै वडा नम्बर ३ का २ घर पहिरोका कारण जोखिममा परेको छ । निरन्तरको बर्षातका कारण घर घरको जगबाट चर्किन सुरु भएपनि स्थानिय पुर्ण बहादुर राई र पुर्ण बहादुर दमाईको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी टेकुनन्द ईवा लिम्बुले जानकारी दिए ।

लिम्बुका अनुसार माप्यदुधकोशी गाउँपालिका स्थित कृषि विकास बैकंको भवन पनि पहिरोको जोखिममा परेको छ । पहिरोले बैंक भएको भवनको तल्लो भाग चर्किएको प्रहरीले जनाएको छ ।

The post सोलुखुम्बु : लगातारको बर्षापछि ठाउँ ठाउँमा पहिरो, सडक खण्डसमेत केही घण्टा अबरुद्ध appeared first on .



from https://ift.tt/3fkuCYo

No comments:

Post a Comment

Pages