रोमानियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, March 3, 2020

रोमानियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न ।

बुकारिष्ट – शेर्पा किदुग रोमानियाद्वारा आयोजित ग्याल्बो लोसार शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । रोमानियाको राजधानी बुकारिष्टमा आइतबार आयोजना भएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा आमन्त्रित बौद्ध धर्मगुरु आचार्य कर्मा रिन्जिङ शेर्पाले उद्घाटन गर्नुभएको थियो । शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा शेर्पाको सभापतित्वमा औपचारिक रुपले शुरु भएको कार्यक्रममा रोमानियाका लागि नेपाली कन्सुलर नवराज पौडेल, शेर्पा संघ युरोपका प्रवक्ता पेम्बा गेलु शेर्पा, शेर्पा किदुग पोर्तुगलका सचिब तथा अतिथि कलाकार सोनाम शेर्पा कोशिस लगायत रोमानियामा कृयाशिल विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो औपचारिक सत्रमा नेपाली राष्ट्रिय पर्व ग्याल्बो लोसारको शुभकामना आदानप्रदान गर्दै कार्यक्रमका अतिथिहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । रोमानियामा बसोवास गरिरहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्थानीय रोमानियन नागरिकहरु समेत उपस्थित थिए । कार्यक्रमलाई सहप्रायोजनको रुपमा सहयोग पनि गरेका उनिहरुले पनि उक्त ग्याल्बो लोसार कार्यक्रम निकै चासोपुर्ण रुपले हेरिरहेका थिए । औपचारिक कार्यक्रममा लोसारको शुभकामना आदानप्रदान गर्दै मन्तव्यको क्रम सकेपछी दोस्रो सास्कृतिक कार्यक्रममा उपस्थित सबैले भरपुर मनोरञ्जन लिएर रोमानियाको ग्याल्बो लोसार कार्यक्रमको मजा लिएका थिए । उक्त सास्कृतिक कार्यक्रममा शेर्पाको सास्कृतिक झाकी र केही नृत्यहरुको साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । कार्यक्रमको अन्तमा पोर्तुगलबाट आमन्त्रित अतिथि कलाकार सोनाम शेर्पा कोशिशको बिशेष प्रस्तुतिमा भरपुर मनोरञ्जन लिदै भव्य र हर्षोल्लासका साथ शेर्पा किदुग रोमानियाको ग्याल्बो लोसार कार्यक्रम सम्पन्न भएको छ



from Sherpa media Group Nepal https://ift.tt/39wabVP

No comments:

Post a Comment

Pages