समाजसेवालाई उन्जेलामा कप उपाधी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 29, 2020

समाजसेवालाई उन्जेलामा कप उपाधी

लाक्पा शेर्पा, खिजीदेम्बा । ओखलढुंगाको खिजीदेम्बा ९ पात्लेमा आयोजित तेस्रो उन्जेलामा स्मृती लोसार कप २०७६ सम्पन्न भएको छ । विविध कार्यक्रम सहित आयोजना गरिएको साताव्यापी कार्यक्रममा भलिबलतर्फको उपाधी समाजसेवा युवा समूहले हात पारेको हो ।

नगद ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाण पत्र रहेको ‘उन्जेलामा लोसार कप’ को उपाधी हात पार्न जनसेवाले खिजीदेम्बा ५ लाई झिनो अन्तरले पराजित गर्नु परेको थियो । फागुन ५ देखि १२ सम्म विविध कार्यक्रमसहित कायोजना भएको तेस्रो उन्जेलामा स्मृती लोसार कपमा भलिबल तर्फ ८ समूह सहभागि थिए । सहभागि मध्ये खिजीदेम्बा ५ उपविजेता घोषित भएसँगै नगद ३३ हजार ३ सय ३३ र सिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरे ।

त्यस्तै, सान्त्वना स्थान आयोजक संस्थाले नै हात पारे भने भलिबल तर्फ अनुशासित खेलाडी आयोजक समूहका राजदीप तामाङ र समाजसेवाका सुदीप राई सर्बोत्कृष्ठ खेलाडी घोषित भए । उनीहरुले पनि नगदका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे । लोसारकप अन्तर्गत फागुन ५ गते प्राविस्तरीय हाजिरी जवाफ, फागुन ६ गते मावि र निमावि स्तरीय वक्तृत्वकला र फागुन ७ गते प्रावि शिक्षक वादविवाद प्रतियोगिता आयोजना भएको कार्यक्रम संयोजक पेमा रिन्जी शेर्पाले जानकारी दिए । फागुन ११ गते १४ किमी म्याराथन प्रतियोगिता आयोजना भएको शेर्पाले जानकारी दिए । म्याराथनमा सोलुखुम्बु काँकुका लक्ष्मण राई विजेता बनेँ । त्यस्तै, मोलुङ ७ पात्लेका लाक्पा शेर्पा उपविजेता र खिजीदेम्बा ५ का राजु वस्नेतले सान्त्वना स्थान हासिल गरे । त्यस्तै, धाविका तर्फ सहभागि ३ जना मध्ये खिजीदेम्बा ९ तावरका स्यारोन शेर्पाले स्थान हासिल गरे ।

म्याराथनतर्फ विजेतालाई ११ जार १ सय ११ र उपविजेतालाई ५ हजार ५ सय ५५ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे भने धावक र धाविकालाई प्रमाण पत्रका साथमा टिसर्ट उपलब्ध गराएका थिए ।

छेवाङका साथमा लोसार शुभकामना
लोसार कप अन्तर्गत फागुन १२ गते टुल्कु ङावाङ थार्चिन रिन्पोछेबाट छेवाङ (अभिषेक) कार्यक्रमका साथलमा लोसार शुभकामना आदनप्रदान समेत भएको आयोजक उन्जेलामा स्मृति प्रतिष्ठानका सचिव लाप्साङ शेर्पाले जनाए । त्यस्तै, लोसार शुभकामना आदानप्रदानका साथमा शेर्पा नृत्य स्याब्रु, सिली र सिंह नाच समेत प्रदर्शन गरे । कार्यक्रममा सहयोगीदाता, स्वयमसेवकहरुलाई कदर पत्र र मायाको चिनो समेत प्रदान गरे ।

स्थायी कोषका लागि सहयोग
उन्जेलामा स्मृती प्रतिष्ठानद्धारा आयोजना गर्ने कार्यक्रमहरुको स्थायित्वका लागि विभिन्न व्यक्तिहरुले लोसार कपको अवसरमा सहयोग घोषणा गरे । चिसंखुगढी गाउँपालिका शिक्षा शाखाका प्रतिनिधी तथा पूर्व स्रोतव्यक्ति एकराज कटवालले स्थायी कोष स्थापनाका लागि १० हजार १० रुपैयाँ र शिवालय माविका पूर्व प्रधानाध्यपक टंकनाथ नेपालले पनि १० हजार १० रुपैयाँ सहयोग घोषणा गरे । त्यस्तै, खिजीदेम्बा ९ का कर्माङिमा शेर्पाले ५ हजार, खिजीदेम्बा ९ चाटिङका गेल्बु शेर्पाले ४ हजार रुपैयाँ र अन्य महानुभावहरुले समेत नगद सहयोग गरे ।

कार्यक्रममा वडा अध्यक्ष आङ पसी शेर्पाले उन्जेलामा स्मृती प्रतिष्ठान समाज रुपान्तरणमा अग्रणी भूमिकामा रहेको भन्दै प्रसंशा गरे । वडापालिकासँग साझेदारी गरेर अन्य विभिन्न कार्यक्रमहरु अघि बढाउन समेत सो अवसरमा अध्यक्ष शेर्पाले आह्वान गरे । कार्यक्रममा खिजीदेम्बा गाउँपालिकाका प्रमुख बेदबहादुर रोकाले प्रतिष्ठानले सकारात्मक र नुमना कार्यक्रमहरु सञ्चालन गरेर खिजीदेम्बालाई समृद्ध बनाउने अभियानमा सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । ‘विकास, समृद्धी र पराम्परागत मान्यताहरुलाई स्थापित गर्ने क्षेत्रमा प्रतिष्ठानले आयोजना गर्ने हरेक कार्यक्रमहरु सकारात्मक छन् । यसबाट अन्य संघसंस्थाले पनि पाठ सिकेर अघि बढ्नु जरुरी छ ।’अध्यक्ष रोकाले थपे ‘प्रतिष्ठानसँग हातेमालो गरेर हामी अघि बढ्न आतुर छौं । सरकारको तर्फबाट के सहयोग गर्नुपर्छ तपाईहरु प्रस्ताव र यस्तै अनुकरणीय कार्यक्रम लिएर आउनुस्, नीतिले भ्याएसम्म हामी साझेदारी र सहयोग गर्न तयार छौं ।’

स्वर्गीय उन्जे लामा अर्थात धर्मगुरु ङिमा छेत्तार शेर्पाको स्मृतीमा भएको कार्यक्रमको मूख्य प्रयोजन उन्जे लामाकै पानती हाल अमेरिका वस्दै आउनु भएको छप्ते शेर्पाले गरेका थिए । त्यस्तै, लाक्पा तेन्जी शेर्पा प्रयोजक, गोल्डेन गुड्स शेर्पा कन्सट्रक्सन, १२ समिट फाउन्डेशन लगायतले सह प्रयोजक थिए । त्यस्तै, विभिन्न सामाजिक संस्थाको समन्वयमा भएको कार्यक्रममाले विभिन्न सहयोगीदाताहरुले आर्थिक र भौतिक सहयोग गरे ।

-शेर्पाखबर

The post समाजसेवालाई उन्जेलामा कप उपाधी appeared first on .



from https://ift.tt/39cylnR

No comments:

Post a Comment

Pages