आरक्षण बचाऔं आन्दोलनमा प्रहरी हस्तक्षेप - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, August 6, 2019

आरक्षण बचाऔं आन्दोलनमा प्रहरी हस्तक्षेप

२१ साउन, काठमाडौं । आरक्षण बचाऔं आन्दोलनले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

मंगलबार मुख र टाउकोमा कालो पट्टि बाँधेर लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको विज्ञापन खारेज गर्न माग गर्दै प्रदर्शन गर्नेहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।
जुलुस प्रदर्शनी मार्गबाट नारा जुलुस गर्दै रत्नपार्कसम्म पुगेको थियो । आन्दोलनले तीन महिनादेखि निरन्तर लोकसेवा आयोगको विज्ञापन विरुद्ध प्रदर्शन गरिरहेको छ । यसलाई उनीहरुले चौथो चरणको आन्दोलन भएको बताएका छन् ।
आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर तनाव सिर्जना भएको थियो । आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष नविन मगरले आफुहरुको आन्दोलन आरक्षण विरोधी मात्र नभई समावेशी समावेशीता कायम राख्न भएको बताए ।

उनले लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने बताए । त्यस्तै, मधेशका तर्फबाट सरोज रायले राज्यले निरंकुशता लाद्न खोजिरहेको भन्दै जबसम्म सीमान्तकृत र पछाडि पारिएका समुदाय मूलधारमा नआएसम्म आन्दोलन भइरहने बताए ।
Source:online khabar

The post आरक्षण बचाऔं आन्दोलनमा प्रहरी हस्तक्षेप appeared first on .



from https://ift.tt/2Yqpa1U

No comments:

Post a Comment

Pages