ओखलढुंगामा शेर्पा सञ्चार समुह नेपाल गठन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 24, 2019

ओखलढुंगामा शेर्पा सञ्चार समुह नेपाल गठन

दावा जाङ्बु शेर्पा सचिव शेर्पा सञ्चार (ओखलढुंगा)

शेर्पा सञ्चार समुह नेपाल तदर्थ समिति खिजीदेम्बालाई आधिकारिक रूपमा शेर्पा सञ्चार समुह नेपाल ओखलढुंगा गठन गरिएको छ । गत मिति २०७५ साल चैत २४ गते आइतबारका दिन शेर्पा सञ्चार समुहका केन्द्रिय महासचिव पासाङ शेर्पाको विशेष पहलमा शेरसाङ्गे शेर्पाको संयोजकत्वमा एक तदर्थ समिति गठन गरेको भएता पनि अन्य कार्यसमितिहरुको जिम्मेवारी बोध हुने कुनै पदमा चयन नभएकोले एक भेला बसी कार्यसमिति चयन गरिएको जनाइएको छ।

सुचना तथा सञ्चार क्षेत्रमा शेर्पा समुदायको सहभागिता बढाउने र शेर्पाहरुलाइ दक्ष जनशक्तिको रुपमा उत्पादन गरेर शेर्पा सञ्चार समुह ओखलढुंगाले काम गर्ने राज्यको चाैथो अङ्गको रुपमा लिएका अामसञचार क्षेत्रमा शेर्पाहरुलाइ व्यापक रुपमा सहभागी गराउन निरन्तर रुपमा शेर्पा सञ्चार समुह ओखलढुंगा लागि पर्ने हेतुका साथ ङवाङ नुरी शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको संस्थाका महासचिब शेरसाङ्गे शेर्पाले बताउनुभयो। शेर्पाका अनुसार नयाँ कार्यसमिति चयन संगै आगामी असोज र कार्तिक महिनाको बीचमा पायक पर्ने गरि पत्रकारिता तालिम वा उद्घोषण तालिम समाचार लेखन तालिम शेर्पा सञ्चार समुहले आयोजना गर्ने निर्णय भएको र जसको लागि केन्द्रसँग आवश्यक सहयोग मागी अघि बढ्ने बताइएको छ। शेर्पा सञ्चार समुह नेपाल ओखलढुंगामा आबद्ध सदस्यहरुलाई परिचयपत्र बनाइदिने सल्लाह पनि भएको छ। भेलाले सल्लाहकार समिति समेत चयन गरेको छ। नवगठित कार्यसमितिमा खिजीदेम्बा शेर्पा सञ्चार समुह नेपाल तदर्थ समितिका संयोजक शेरसाङ्गे शेर्पालाई महासचिव पदको जिम्मेवारी सुम्पेको संस्थाले जनाइएको छ ।संस्था बस्न इच्छुकका लागि सदस्य र वरिष्ठ उपाध्यक्ष लगायतका पदहरु खाली राखेको बताइएको छ।

The post ओखलढुंगामा शेर्पा सञ्चार समुह नेपाल गठन appeared first on .



from https://ift.tt/2ZlDsMH

No comments:

Post a Comment

Pages