ह्योल्मो भाषामा निर्मित चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक(भिडियो सहित) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, August 16, 2019

ह्योल्मो भाषामा निर्मित चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

ह्योल्मो भाषामा निर्मित चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक गरिएको छ । ‘सिनेजोन नेपाल’ नामक युट्युब च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो । अल्पसन्ख्या समुदाय रहेको ह्योल्मो जातिको भाषा र कथामा बनाइएको छ ।

ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा निर्माण हुँदै गरेको ‘मेतोक’ चलचित्रको सम्पूर्ण छायांकन सकिएसंगै अहिले धमाधम सम्पादनको काम हुदै गरेको जानकारी निर्देशक लामाले जानकारी दिनुभयो ।

“ह्योल्मो समुदाय सानो छ, त्यसमा पनि ह्योल्मो भाषा बोल्ने र बुज्नेको संख्या त झन् नै सानो छ, त्यसैले पनि हाम्रो भाषा र संस्कृति आउने पुस्तासम्म रहनु पर्छ र लोप हुनु हुदैन । हामीले बनाउन लागेको चलचित्रले केहि हदसम्म भए पनि हाम्रो भाषा र सांस्कृतिको जगेर्ना हुने हामीलाई लागेको छ र हामीले निर्माण गरेको यो चलचित्रलाई ह्योल्मो समुदायले मात्र नभएर सम्पूर्ण नेपालीहरुले नै माया गर्नु हुनेछ भन्ने लाग्छ, किनभने सम्पूर्ण भाषा हाम्रा देशका सम्पति हुन् र यिनको जगेर्ना गर्नु हामी सम्पूर्ण नेपालीहरुको कर्तव्य हो ।

निर्देशक लामाको कथा र आगत के.सीको पठकथा तथा सम्बाद रहेको चलचित्रको ट्रेलर हेर्दा चलचित्र ह्योल्मो संस्कृतिमा आधारित एक प्रेम कथामा बनेको अनुमान गर्न सकिन्छ । ठिलेन लामा,निमा डोल्मा लामा ,दावा दोर्जे लामा, डोमा ह्योल्मो ,छेम्बेल ह्योल्मो ,भिम ज्याबा ,कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मो लगायत कलाकारको अभिनय रहेको चलचित्रको ह्योल्मो भाषा अनुवाद डल्ले ह्योल्मोले गरेका हुन् ।

श्रोत: सिनेमा न्युज

The post ह्योल्मो भाषामा निर्मित चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक(भिडियो सहित) appeared first on .



from https://ift.tt/2MsEwN9

No comments:

Post a Comment

Pages