एन.आर.एन पार्तुगलका अध्यक्ष कुबेर कार्कीले सदस्यता वितरणमा अनियमितता गरेको पुष्टि - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, August 13, 2019

एन.आर.एन पार्तुगलका अध्यक्ष कुबेर कार्कीले सदस्यता वितरणमा अनियमितता गरेको पुष्टि

लिस्बन । गैह्र आवासीय नेपाली संघ पोर्तुगलको आगमी २५ अगष्टमा हुन लागेको अधिवेशनका लागि सदस्यता वितरण गर्ने क्रममा अध्यक्ष कुबेर कार्कीले चरम अनियमितता गरेको पुष्टि भएको छ ।
अनलाईमार्फत पञ्जिकृत सदस्यका लागि आवेदन दिन गत जुलाई २० तारीख सम्मको समयसीमा तोकिएपनि कम आवेदन परेका कारण केही समय थप गर्दै जुलाई २४ सम्मको समय थप्दा जम्मा २७२७ जनाले पञ्जीकृत सदस्यका लागि आवेदन दिएका थिए । सो मध्ये उक्त समयसीमा भित्र विधान बमोजिमको योग्यता पुगेको पुष्टि गर्ने कागाजात र तोकिएको शुल्क बुझाएको आधारमा २१७९ जनाको पञ्जिकृत सदस्यता अध्यक्ष कुबेर कार्कीले स्वीकृत गर्दै गत अगष्ट १ तारीख उक्त सदस्यताको नामावली निर्वाचन समितिलाई बुझाईएको थियो । तर अगष्ट ९ तारीख अनलाईनमार्फत सदस्य वितरण गर्दा सदस्यता स्वीकृत गर्ने अधिकार पाएका एक मात्रै व्यक्ति कुबेर कार्कीले मनोमानी र पक्षपात गर्दै चरम अनियमितता भएको भन्दै प्रमाण सहित निर्वाचन समितिमा १९९ जनाको पञ्जिकृत सदस्यता विरुद्ध दावी विरोध परेपछि निर्वाचन समितिले त्यसबारे छानविन गर्दै १३ अगष्टमा अन्तिम नामावली जारी गरेको छ ।
निर्वाचन समितिले जारी गरेको उक्त अन्तिम नामावली बमोजिम अहिले एन आर एन पोर्तुगलको पञ्जिकृत सदस्यता २१२८ मात्रै कायाम भएको छ । जसमा ५१ जना पञ्जिकृत सदस्यता बन्न योग्य नभएर पनि अध्यक्ष कार्कीले नियतबस आफ्नो पार्टी पक्षधर रहेका व्यक्तिहरुको सदस्यता स्वीकृत गरेको पुष्टि भएको छ । दावी विरोध परेका १९९ जना मध्ये अधिकांशलाई तोकिएको समयसीमा भन्दा पछाडी गएर कागाजातहरु हेरफेर गर्न लगाएको थियो । यो सँगै अध्यक्ष कार्कीको नैतिकतामा गम्भीर प्रश्न उठेको छ ।

The post एन.आर.एन पार्तुगलका अध्यक्ष कुबेर कार्कीले सदस्यता वितरणमा अनियमितता गरेको पुष्टि appeared first on .



from https://ift.tt/2YNkRO8

No comments:

Post a Comment

Pages