लोकसेवाको विज्ञापनविरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 16, 2019

लोकसेवाको विज्ञापनविरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर)

लोकसेवा आयोगले गरेको विज्ञापनप्रति असन्तुष्ट जनाउँदै माइतीघरमा मंगलबार प्रदर्शन गरिएको छ । स्थानीय तहका लागि प्रकाशित विज्ञापन समानुपातिक समावेशी सिद्धान्त विपरित रहेको जनाउँदै दलित, आदिवासी जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता र पिछाडिएका क्षेत्र लगायत समुदायले प्रदर्शन गरेका हुन् ।

न्युरोड, भृकुटीमण्डप, बानेश्वर र कुपण्डोलबाट ‘संविधानप्रदत्त समानुपातिक समावेशिता सुनिश्चित गर, लोकसेवा आयोगको विज्ञापन खारेज गर’ भन्ने नारासहित सहर परिक्रमा गरी हजारौको संख्यामा उपस्थित जुलुस माइतीघर मण्डलामा विरोधसभा परिणत भएको थियो ।

विरोध प्रदर्शनको कार्यक्रम आदिवासी जनजाति महासंघको संयोजनमा भएको हो ।

The post लोकसेवाको विज्ञापनविरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर) appeared first on .



from https://ift.tt/2k8VKCk

No comments:

Post a Comment

Pages