असार ३०, सोलुखुम्बु ः सोलुखुम्बुको फाप्लु विमानस्थल पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको बर्षासगै धावन मार्गको माथिल्लो भागबाट पहिरो जान थालेको हो । विमानस्थलको ६ सय मिटर धावन मार्ग मध्ये करिब ३ सय मिटर धावनमार्गमा पहिरोको जोखिम देखिएको छ । धावन मार्गको माथिल्लो भागबाट सुरु भएको पहिरो बढ्दै जाने हो भने धावन मार्गमा नै असर पुग्ने नागरिक उड्यन प्राधिकरण फाप्लुका निमित्त प्रमुख प्रभास रन्जनले बताउनु भयो ।
उहाँका अनुसार विमानस्थलको घेराबार गरिएको स्थान नै पहिरोले भत्काउने जोखिममा बढेको छ । विमानस्थलको माथिल्लो भागमा केहि समय अघि मात्र निर्माण सम्पन्न घेराबार समेत पहिरोले भासिएको छ । सो पहिरोका कारण हालको पार्किङ स्थललाई नै जोखिममा परेको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ । अहिले वर्षाको समय भएकाले जुनसुकै समयमा पनि भितो भत्किने सम्भावन रहेको निमित्त प्रमुख रन्जनको भनाई छ ।
सोलुखुम्बुमा बढी पानी साउन र भाद्रमा पर्ने भएकाले विमानस्थलमा पहिरोको जोखिम अझ बढेको देखिएको छ । बेलैमा यस तर्फ ध्यान दिन नसकेको खण्डमा विमानस्थलमा ठूलो दुर्घटना हुने सम्भावना रहेको स्थानियको भनाई छ ।
– सोलु एफ.एम
The post फाप्लु विमानस्थल पहिरोको जोखिममा appeared first on .
from https://ift.tt/2LUGiFs
No comments:
Post a Comment