म्याराथनको उपाधि पेम्बा शेर्पा र प्रिति राईलाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, June 8, 2019

म्याराथनको उपाधि पेम्बा शेर्पा र प्रिति राईलाई

रन फर हेल्थ भन्ने मुल नाराका साथ फारक शेर्पा किदुक र शेर्पा फर चेन्जले आयोजित गरेको म्याराथनका उपाधि पुरुषतर्फ सोलुखुम्बुका पेम्बा शेर्पा र महिलातर्फ सोलुखुम्बुकी प्रिति राईले हात पार्न सफल भएका छन् ।
५ किलोमिटरको दूरी पेम्बा शेर्पाले ४२ मिनेट ३८ सेकेण्डमा र प्रिति राईले ४८ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए ।


त्यस्तै पुरुषतर्फ सोलुखुम्बका फुर्बा शेर्पाले ५ किलोकिटर दूरी ४५ मिनेटमा ४३ सेकेण्डमा पुरा गर्दै द्धितिय स्थान हसिल गर्न सफल भए । सोलुखुम्बका पासाङ शेर्पाले ४८ मिनेटमा १५ सेकेण्डमा दुरी पुरा गरी तृतिय स्थान हात पारेका छन् ।
त्यस्तै महिलातर्फ सोलुखुम्बुकी मिङमा याङजी शेर्पाले १ घण्टा २ मिनेटमा दुरी पुरा गर्दै द्धितिय स्थान हसिल गर्न सफल भएकी छिन् । अनिता तामङले १ घण्टा ४ मिनेटमा दुरी पुरा गर्दै तेस्रो स्थान हसिल गर्न सफल भईन् ।
प्रथमा, दोस्रो र तेस्रो पुरस्कर प्रमाणपत्र सिल तथा मेडल प्राप्त गर्नेछ । काठमाडौँको बुढानिलकण्ड नगरपालिक कापन रादकिष्न चोकबाट आज बिहान सुरु भएर कपन आनी गुम्बा , कपन गुम्बा , जगडोल, तीन्चुली , माङकल हँुदै म्याराथुन फारक शेर्पा किदुकको कार्यलय राधकृष्ण चोकमा टुंगिएकोे थियो ।


त्यस्तै २ किलोमिटर म्याराथनको उपाधि योन्देन लामाले हात पारेका छन् । २ किलोमिटर दूरी योन्देन लामाले ३० मिनेट ४ सेकेण्डमा पुूरा गरेर उपाधि जितेका हुन् ।
यस्तै ३१ मिनेट १५ सेकेण्डमा निर्धा्रित दूरी पुरा गर्दै टासी शेर्पा दोस्रो भए ३२ मिनेट ५ सेकेण्डमा निर्धा्रित दूरी पूरा गर्दै पेम्बा शेर्पा तेस्रो भए । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगतसहित प्रमाणपत्र सिल तथा मेडल प्रधान गरेका छन् ।


सो कार्यक्रमाको प्रमुख अतिथिमा बुढानिलकण्ड नगरपालिका १२ का वडा अध्यक्ष शम्बु प्रसाद भट्टराईले खेल क्षेत्रको मध्यमबाट देशको विकास हुने भन्दै आगामी दिनमा खेल क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै शेर्पा फारक शेर्पा किदुकको अध्यक्ष छेतार शेर्पाले यो खेले युवा पुस्थाको बुद्धि बिकास मात्र नभएर समग्र जानसमुदायको बिकासमा हुने विश्वास लिएको बताउनु भयो ।


कार्यक्रमा संयोजक दोर्जी शेर्पाले म्याराथन खेलले युवा र बालबालिकमा भएको मानसिक तानबलाई अन्त्य गरी खेल क्षेत्रमा केन्द्रित हुने बताउदै उनीहरुको शारिरीक विकासमा सहयोग पुग्ने भएकाले यो खेल आयोजन गरेको बताउनु भयो ।



from Sherpa media Group Nepal http://bit.ly/2ZjgqGX

No comments:

Post a Comment

Pages