‘शेर्पा समुदायको मौलिक पहिचान’ विमोचन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 13, 2019

‘शेर्पा समुदायको मौलिक पहिचान’ विमोचन

शेर्पा समुदायको मौलिक पहिचान नामक पुस्तक एक समारोहका बिचमा विमोचन गरिएको छ । सेर्कु शेर्पाद्वारा लिखित ’शेर्पा समुदायको मौलिक पहिचान नामक’ पुस्तकको शनिबार आज विमोचन भएको हो । क्लब मण्डला पार्टी प्यालेसमा भएको सो विमोचन कार्यक्रममा पुस्तक विमोचनसगै द लस्ट नोमेड्स अफ एभरेस्ट नाम गरेको वृत्तचित्र समेत प्रदर्शन गरिएको छ । सो वृत्तचित्र शेर्पा समुदायमा लोप हुँदै गएको चौरीपालन पेसामा आधारित रहेको थियो । शेर्पा समुदायको भाषा ,धर्म, संस्कृति , पहिचानजस्ता कुराहरुलाइ समेटिएको यो पुस्तक छ वर्षको अध्ययन अनुसन्धानपश्चात् तयार गरिएको लेखक सेर्कु शेर्पाले बताउनुभयो । कार्यक्रम त्रि. वि . का प्रोफेसर महेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। लेखक शेर्पाले अध्ययन अनुसन्धानको क्रममा पुर्वको ताप्लेजुङदेखि पश्चिम्मा दार्चुलासम्म घुम्दा शेर्पाजातीहरुको भाषा एउटै रहेको र लवजमात्र फरक भएको पनि बताउनुभयो ।त्यसैगरि शेर्पाले सो पुस्तक आफुले पैसाकोक लागि भन्दापनि समुदायको निम्ति र भावी सन्ततीहरुलाई शेर्पा समुदायको बारेमा विस्तृतरूपमा जान्ने मौका रहेको बताउनुभयो ।यसैगरी प्रमुख अतिथि पौडेलले पनि सो पुस्तक अरुपुस्तकभन्दा फरक३ रहेको र लेखकले गरेको सो काम अत्यन्त सराहनीय भएको तर्क सनेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा सगरमाथा आरोही लामा कुसाङ शेर्पा लाई पनि सम्मान गरिएको छ कार्यक्रम विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत उपस्तिथि थिए । सेरनिम प्रतिष्ठानका अध्यक्ष,पर्यटन व्यवसायी तथा समाजसेबी आङ फुर्बा शेर्पाको सभा अध्यक्षतामा, त्रिभुवन विश्व विधालयका प्राध्यापक, साहित्यकार तथा समालोचक महेश पौड्यालको प्रमुख आतिथ्यतामा, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष दोर्जी शेर्पा लामा, डा. लाक्पा नोर्बु शेर्पा, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, टानका महा(सचिब आङ पेम्बा शेर्पा लगायत विशिष्ट अतिथि, अथिति महानुभाबहरु, समाजसेबी, विभिन्न संघ(संस्थाका प्रतिनिधी, धर्मगुरुहरु, बुद्दिजीबिहरु, पत्रकारहरुको समुपस्थितिमा आज शनिबार उक्त पुस्तकको बिमोचन गरिएको थियो ।

      



from Sherpa media Group Nepal http://bit.ly/2CljGYj

No comments:

Post a Comment

Pages