नेकोर(धार्मिक तिर्थयात्रा)तिब्बत्त ,भुटान र श्रृलंका तपाई पनि जानु हुन्छ कि ? - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 13, 2019

नेकोर(धार्मिक तिर्थयात्रा)तिब्बत्त ,भुटान र श्रृलंका तपाई पनि जानु हुन्छ कि ?

बौद्ध धर्मवलम्वीहरुलाई ध्यानमा राखी श्रीलंक, भुटान, भारत, तिब्बत्त लगायत प्रशिद्ध धार्मिक स्थलहरुको भ्रमण गर्न चाहानेहरुका लागि सुनौलो अवसर खुलेको छ । दशकौँको अनुभव सहित स्वदेशी तथा विदेश पर्यटकलाई भ्रमण गराएरै आफ्नो जीवनको आधा समय खर्चेका सोलुखुम्बुका पासाङ शेर्पाले आफ्नो ट्रेकिङ कम्पनि नेपाल ट्रेकिङ टुरिजम एण्ड एडभेन्चर प्रा.लि बाट वृद्धा वृद्धा आमा बुवा साथै इच्छुक तिर्थ यात्रीहरुलाई लक्ष्ति गरी यी विभिन्न चर्चित स्थलहरु केन्द्रमा राखी तीर्थयात्रा आयोजना गर्न लागेको जनाएको छ । बौद्ध धर्मवलम्वीहरुको पवित्र प्रसिद्ध तीर्थ स्थलको रुपमा लिएको श्रीलंकाको एडम्पिक, अनुराधापुरा, सिग्रीया, पोलोननरुवा, धामबुला, क्यान्डी सिटी, साथै कोलोम्बोसिटी, भुटानको पारो, थिम्पु, पुनखा, भुमथाङ, टाइगरनेष्ट, तिब्बत्तकोे ल्हासा, कैलाश हिमाल, मानसरोबर, (ताल) लगायतका चर्चित स्थलहरु समावेश हुनेछ । शेर्पाका अनुसार यो अहिले सम्मकै सबैभन्दा सस्तोमा श्रीलंक, भुटान, तिब्बत्त, भारत लगायत विभिन्न देशमा भ्रमणका लागि लाग्न लागेको बताउनुभयो । कम्पनीबाट भ्रमणको लागि यात्रा तय गर्दा सहज हुने शेर्पाको भनाइ छ । तत्कालका लागि शेर्पाले श्रीलंकका ८५ हजारमा, भुटान १ लाख ८८ हजारमा र तिब्बत्त १ लाख ६५ हजारको प्याकेज बनाएको छ । यसमा समुहमा आउनेलाई विशेष छुट समेत दिइने शेर्पाले जानकारी दिनुभयो ।


विशेषगरी बौद्ध धर्मवलम्बीहरुले नेपाल लगायत अन्य विभिन्न देशमा रहेको बौद्ध तिर्थस्थलहरुलाई भ्रमण गर्ने इच्छा चहाना हुँदा हँुदै पनि प्रयाप्त जनाकारी नभएको कारण त्यहाँ सम्म पुग्न नसकेको तितो यर्थाथलाई मनन गर्दै यसरी नेपालीलाई अन्य देशमा घुम्ने वातावतरण श्रृजना गरिएको हो । शेर्पाले २१ भन्दा बढी मुलुकको भ्रमण गरिसक्नु भएको छ । विशेषत बौद्ध धर्मवलम्बीहरुलाई मध्यनजर गरी यो खालको टुर सञ्चालन गर्न लागेको हो ।

 



from Sherpa media Group Nepal http://bit.ly/2TGZ83E

No comments:

Post a Comment

Pages