नेपाली बौद्द धर्मालम्बीहरुलाई बिदेशको तिर्थयात्रा गराउदै: पर्यटन ब्याबसायी पासाङ शेर्पा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 13, 2019

नेपाली बौद्द धर्मालम्बीहरुलाई बिदेशको तिर्थयात्रा गराउदै: पर्यटन ब्याबसायी पासाङ शेर्पा

पर्यटन बर्ष २०२० लाई सफल पार्न नेपाल सरकार लगायत पर्यटन ब्याबसायी लागि परेका छन । पर्यटन बर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्याउने लक्ष्य नेपाल सरकारको रहेको छ ।
सोलुखुम्बुका पासाङ्ग शेर्पा एक सफल पर्यटन ब्यावसायी हुन । सन् १९९६ मा राजधानी प्रवेश गरी काम सुरु गरेको शेर्पा पर्यटन व्यावसायी भित्रको एक सफल व्याक्तिकै रुपमा लिन सकिन्छ । सुरुमा भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेको शेर्पाको अहिले आफ्नै कम्पनी र होटल पनि छ । तीन दाजुभाई मिलेर माउण्टेन शेर्पा टे«किङ्ग, नामक कम्पनी २००१ बाट सन्चालनमा ल्याई निरन्त्रर रुपमा सन्चालन गरी पर्यटक पथप्रदसकहरुलाई रोजगार पनि दिदै आएको छ ।
युरोप अमेरिका लगायत थुप्रै देश घुमी सकेको शेर्पाले नेपालीले पनि अन्य देश गुम्नुपर्ने आवश्यक्ता महसुस गरेका छन् । नेपाल सरकारको भिजन २०÷२० लाई सफल र सहज बनाउन पनि नेपालीहरु विदेशका विभिन्न देशमा गुम्नु पर्ने आवश्यता रहेको शेर्पाले महसुस गरेको छ ।

अहिले शेर्पाको कम्पनीले बौद्ध धर्मवलम्बीहरुलाई मध्यनजर गरी श्रीलंका, भुटान, भारत र चिन लगायत देशहरुको भ्रमणमा लाने गर्छ ।

बौद्ध धर्मवलम्वीहरुको पवित्र तीर्थ स्थलको रुपमा लिएको श्रीलंकाको एडम्पिक, अनुराधापुरा, सिग्रीया, पोलोननरुवा, धामबुला, क्यान्डी सिटी, साथै कोलोम्बोसिटी, भुटानको पारो, थिम्पु, पुनखा, भुमथाङ, टाइगरनेष्ट, र टिबेटको ल्हासा, ल्हासा वरीपरी सम्पूर्ण गुम्बाहरु, कैलास हिमाल, मनोसरोबर, (ताल) हरु गुम्नु पर्ने र यसका लागि सुलब रुपमा आफुले गुमाउने सोच राखेर यस कार्यको सुरुवात गरिएको वताउनु भयो ।
शेपाले अहिले सम्मकै सबैभन्दा सस्तोमा श्रीलंका, भुटान, टिबेट र भारत लगायत विभिन्न देशमा भ्रमणका लागि लाने गरेका छन् ।

कम्पनीबाट भ्रमण यात्रातय गर्दा विश्वाशिलो हुने उहाँको भनाई छ । तत्कालका लागि शेर्पाले श्रीलंकका ८५ हजार, भुटान १ लाख ८८ हजार र टिबेट १ लाख ६५ हजार प्याकेज तयार गरिएर गरेको बताउनु भयो । समुहमा आउनेलाई विशेष छुटको ब्यबस्था गरेको छ ।

राजधानीको लाजिम्पाटमा होटल सम्पदा गार्डेन समेत सञ्चालन गरि रहेको शेर्पाले यसरी नयाँ ढंङ्गाबाट व्यावसाय गुरु गरिएको बताउनु भयो । नेपाल बुद्ध जन्मेको देश भएको र यहाँ विशेषगरी बौद्ध धर्मवलम्बीहरुले नेपाल लगायत अन्य विभिन्न देशमा रहेको बौद्ध तिर्थस्थलहरुलाई भ्रमण गर्ने इच्छा चहाना हुदा हुदै पनि प्रयाप्त जनाकारी नभएको कारण पुग्न नसकेको तितो यर्थाथलाई मनन गर्दै यसरी नेपालीलाई अन्य देशमा गुम्ने वातावरण श्रृजना गरेको हो । शेर्पाले यस व्यवसायका लागि २०१८ बाट नेपाल टे«किङ्ग टुरिजम एण्ड एड्भेन्चर प्रा. लि. नामक संस्थाको स्थापना गरी व्यावसाय सुरु गरेका हुन् ।

The post नेपाली बौद्द धर्मालम्बीहरुलाई बिदेशको तिर्थयात्रा गराउदै: पर्यटन ब्याबसायी पासाङ शेर्पा appeared first on .



from http://bit.ly/2D61ovQ

No comments:

Post a Comment

Pages