मनाङमा लगातार हिमपात, माइनस २० डिग्रीमा झर्‍यो तापक्रम - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, December 28, 2018

मनाङमा लगातार हिमपात, माइनस २० डिग्रीमा झर्‍यो तापक्रम

१३ पुस, मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात सुरु भएको छ । यसअघि नै माइनसमा झरेको यहाँको तापक्रम हिमपातपछि माइनस २० डिग्रीमा झरेको छ । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत स्थानमा हिमपात भएको हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बिहीबार बिहानदेखि मौसममा खराबी आएको बताए । हिमालको वरिपरि लागेको कालो बादल र हावाहुरीपछिको हिमपातले यहाँको तापक्रम माइनस २० डिग्री पुगेको प्रजिअ देवकोटाले जानकारी दिए ।

हिजो दिउँसो करीब १ बजेबाट सुरु हिमपात अहिले बिहान ७ बजेबाट केही रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए । जल तथा मौसमविद् बरुण पौडेलका अनुसार, आज दिनभर मनाङको मौसम बदली हुने सम्भावना छ । तर, भोलिबाट भने मौसममा सुधार आउने पौडेलले बताए ।

The post मनाङमा लगातार हिमपात, माइनस २० डिग्रीमा झर्‍यो तापक्रम appeared first on .



from http://bit.ly/2VaT8BI

No comments:

Post a Comment

Pages