मिन्ड्रोल छयाङ्छुप छ्योलिङकोे बज्रगुरु विश्वशान्ति पूजा सम्पन्न, तस्बिरमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 26, 2018

मिन्ड्रोल छयाङ्छुप छ्योलिङकोे बज्रगुरु विश्वशान्ति पूजा सम्पन्न, तस्बिरमा

मिन्ड्रोल छयाङ्छुप छ्योलिङ संघले आयोजना गरेकोे पाँच दिने बज्रगुरु विश्वशान्ति पूजा बुधबार सम्पन्न भएको छ । पौष सात गते शनिबारबाट सिमलटार स्थित संस्थाको प्रङगनमा सञ्चालन भएको बज्र गुरु पुजामा परम पूजनिय धर्मगुरु टुल्कु ज्याम्पल वङपु रिन्पोछे सहभागितामा आयोजित पुजामा अन्य विभिन्न धर्म गुरुहरुको पनि उपस्थित रहेको थियो । सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र दिर्घायुको निम्ति बज्रगुरु विश्वशान्ति पुजा अयोजना गरेको संस्थाको अध्यक्ष ल्हाक्पा तेम्बा शेर्पाले बताउनुभयो । बुधबार बज्र गुरु अन्तिम धर्म टुल्कु ज्याम्पल वङपु रिन्पोछेबाट वाङ अभिषेक प्रदान गरिएको थियो भने संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगीदाता तथा आजिवन र संरक्षक सदस्यलाई प्रमाणपत्र समेत वितरण गरेको छ । संस्थाका अध्यक्ष ल्हाक्पा तेम्बा शेर्पाले संस्थाले गरेको हरेक गतिविधिमा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुभएको थियो । संस्थाले आगामी दिनमा पनि यस्ता विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिने जानकारी दिनुभयो । पुजा दैनिक विहान आठ बजे देखि अपह्रान चार बजे सम्म सञ्चालन भएको । कार्यक्रमलाई प्रभावकारी बनाउन धर्म शेर्पा किदुग,गुदेल शेर्पा किदुग,हत्केला समाज लगायतका संघ संस्थाले स्वय सेवकको भुमिका निर्वाह गरेका थिए ।



from Sherpa media Group Nepal http://bit.ly/2EQs71B

No comments:

Post a Comment

Pages