हामी पनि गर्न सक्छौ भन्ने नाराका साथ दुइ विधवा महिला सगरमाथा आरोहणमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 26, 2018

हामी पनि गर्न सक्छौ भन्ने नाराका साथ दुइ विधवा महिला सगरमाथा आरोहणमा

काठमाडौँ, पौष ११ । सगरमाथा आरोहण अभियानमा रहेका दुइ विधवा महिलाले आज काठमाडौँको पर्यटन बोर्टमा पत्रकार सम्मेलन गरेका छन ।
“हामी पनि गर्न सक्छौ” भन्ने नाराका साथ र्फदिकी शेर्पा र निमा डोमा शेर्पा सगरमाथा आरोहण तयारीमा लागेका हुन । उनीहरु दुवै जनाको श्रीमान सरमाथा आरोहण गर्न जादा वितेका थिए । श्रीमानको सम्मान र विधवा महिलाहरुले पनि केही गर्नु पर्छ भन्ने नाराका साथ सगरमाथा आरोहण अभियानमा जुटेका छन ।
पत्रकार सम्मेलन एसियान टे«कका संचालक आङ छिरीङ शेर्पाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
पत्रकार सम्मेलनको प्रेस विज्ञाप्ती
पे्रस विज्ञाप्ति

दुइ विधवा महिला सगरमाथा आरोहण अभियान २०१९

नेपालमा आरोहण÷ पर्वतीय पर्यटनको सुरुवात तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथाको सफल आरोहण गरेपछि भएको मानिन्छ । विशेष गरि हिमाली भेगमा बसोवास गर्ने नागरिकहरुको हकमा यो आरोहण÷पर्वतीय पर्यटनले आर्थिक रुपमा महत्वपुर्ण सहयोग पु¥याउँदै आएको छ । त्यतिमात्र होइन, आरोहण÷ पर्वतीय पर्यटनका क्षेत्रमा आएको विस्तारले देशको राष्ट्रिय ढुकुटीमा पनि केही अंश मात्र किन नहोस, निश्चय नै टेवा पुगेको छ ।
यसै सन्दर्भमा सोलुखुम्बु पासाङल्हमु गाउँपालिका वडा नं. ४ खुम्जुङ निवासी म निमा डोमा शेर्पा र वडा न. ४ खुम्जुङ, पाङपोचे निवासी र्फुदिकी शेर्पा चैत्र महिनामा “दुइ विधवा महिला सगरमाथा आरोहण अभियान २०१९” का लागि तयारी गरिरहेका जानकारी दिन चाहन्छौँ । हामीले हिमाल आरोहणमा श्रीमान घुमाएर विधवा÷एकल भएर रहेका महिलाहरुलाई घरमा मात्र हैन घर बाहिर आउनु पर्छ “हामीले पनि गर्न सक्छौँ” भन्ने नाराका साथ हामी दुइ जना सगरमाथा आरोहण तयारीमा जुटेका छौँ ।
हाम्रा श्रीमान सगरमाथा आरोहण गर्न जादा वितेका थिए । २०१४ को सगरमाथा हिमपहिरोमा परि म निमा डोमा शेर्पाको श्रीमान छिरीङ ओङ्छु शेर्पा र २०१३ मा र्फुदिकी शेर्पाको श्रीमान मिङमार शेर्पाको मृत्यु भएको थियो । उहाँहरुको मृत्यु पछि हामीलाई गहिरो चोट लागेको थियो । यस चोटलाई विर्साउन र उनीहरुको सम्मान स्वरुप हामी दुइ जना सगरमाथा आरोहण गर्न लागेका छौँ
सगरमाथा आरोहण तयारीका लागि हामीले गत कात्र्तिक २६ गते मनाङ जिल्लामा रहेको चुलु इष्ट (६,५८४मि) र मसिंर ८ गते सोलुखुम्बु जिल्लामा रहेको आइसल्याण्ड पिक (६१८९मि) सफलताको साथ आरोहण गरि सकेकाछौँ ।
सगरमाथा आरोहणको उद्देश्य
हिमाल आरोहणमा श्रीमान बितेका विधवा, एकल महिलाहरुलाई हामी पनि गर्न सक्छौ भन्ने सन्देश दिने,
श्रीमानको सम्मानका लागि आरोहण गर्ने,
विधवा, एकल महिलाहरुलाई प्रोत्साहन दिने
पर्यटन वर्ष २०२० को प्रचार गर्ने

सगरमाथा आरोहणपछिको कार्य
विधवा एव एकल महिलाहरुलाई अगाडी बढ्नमा हौसला प्रदान गर्ने,
विधवा महिलाहरुको क्षेत्रमा काम गर्ने,
हिमाल आरोहण सम्बन्धी वृत्तचित्र निमार्ण गर्ने,
जलवायु परिर्वतन सम्बन्धी जनचेतना फैलाउने

हामी दुइ जना अहिले सगरमाथा आरोहण तयारीका लागि विभिन्न संघसस्था लगायत टे«किङ एजेन्सीहरुमा जनाकारी एव अािर्थक सहयोगका लागि अपिल गरि रहेका छौ । अहिलेसम्म जो जसले हाम्रो आरोहण अभियानलाई सहयोग गर्नु भएको छ उहाँहरुप्रति धन्यावाद दिन चाहन्छौँ । सबैबाट यस्तै सहयोग प्राप्त हुने र यो अभियानले सफलता प्राप्त गर्नेमा पनि विश्वस्त छौँ ।
अन्त्यमा यहाँसम्म आएर हाम्रा कुरा सुन्न र आरोहण अभियानलाई हौसला प्रदान गर्न उपस्थित सञ्चारकर्मीहरुप्रति हामी दुइ जना आभार व्यक्त गर्दछौँ । धन्यवाद ।

अभियान्त
निमा डोमा शेर्पा
र्फुदिकी शेर्पा
खुम्बु पासाङल्हमु गाउँपािलका वडा न ४ खुम्जुङ, सोलुखुम्बु

The post हामी पनि गर्न सक्छौ भन्ने नाराका साथ दुइ विधवा महिला सगरमाथा आरोहणमा appeared first on .



from http://bit.ly/2SqDlNy

No comments:

Post a Comment

Pages