शेर्पा किदुग युएई लोसार कार्यक्रम तयारी तिब्र - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 26, 2018

शेर्पा किदुग युएई लोसार कार्यक्रम तयारी तिब्र

प्रत्येक वर्ष जस्तै यो वर्ष पनि लोसारको अवसरमा आयोजना गर्न लागेको लोसार साँस्कृतिक कार्यक्रमलाई तिव्रता दिइएको छ । २१ डिसेम्बर २०१८ बर दुबई स्थित क्लब एवरेस्ट रेस्टुरेन्टमा बसेको दोस्रो बैठक पश्चात राष्ट्रिय चाड २१४६ औं सा मो फाक ल्हो ग्याल्पो लोसारको तयारीका लागि विभिन्न समिति बनाएर तयारीलाई तिव्रता दिइएको छ । सम्पूर्ण शेर्पाहरुलाई केन्द्रित गर्दै रोजगारीको सिलसिलामा प्रवासमा रहेर आफ्नो धर्म,संस्कृति तथा रितिरिवाजलाई संरक्षण गर्ने लागि परेको शेर्पाहरुलाई एकताबद्ध गरी नया वर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने वातावरण निर्माणको उद्देश्य सहित युएईमा शेर्पा किदुग युएईले यो वर्ष पनि लोसारलाई भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको संस्थाका अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो । स्थापनाकाल देखि नेपालबाट समेत कलाकारहरु बोलाई कार्यक्रम गर्दै आएको किदुगले यो वर्ष सातौं ग्याल्पो लोसार युएईको बर दुबई इस्थित क्लब एब्रेस्ट अस्टोरीया होटेल मा १ मार्च २०१९का दिन मनाउने जनाएको छ । कार्यक्रमका लागि सधैझै यो वर्ष पनि नेपालबाट अतिथि कलाकारहरु चर्चित गायक गोम्बु शेर्पा चर्चित सेलो गायक आङ तेन्जी शेर्पा चर्चित डीजे तेन्जिङ शेर्पा कार्यक्रम संचालिका याङजोम शेर्पा ,चर्चित मोडेल पुसन लामा आदिको उपस्थित रहने जनाएको छ । त्यसका साथै युएईमा नै रहेका किदुग कलाकारको साँस्कृतिक नृत्य श्यावू्र र स्थानीय कलाकारहरुको समेत ड प्रस्तुति रहने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
कार्यक्रमका समितिहरु यस प्रकार रहेका छन ।
व्यवस्थापन प्रमुख संयोजक नुरु पिनासा शेर्पा
प्रचार( प्रसार प्रमुख निमा शेर्पा र सोनाम शेर्पा
आर्थिक विभाग प्रमुख दिकि शेर्पा
टिकट विक्री वितरण प्रमुख कान्छा शेर्पा
स्वंयम सेवक प्रमुख आङ ल्हमु शेर्पा
यातायात विभाग प्रमुख टासि लामा शेर्पा
अतिथि सम्मान सत्कारको लागि
प्रमुख पासाङ रिन्जि शेर्पा
पेम्बा डोमा शेर्पा
पेमदिकि शेर्पा
माया शेर्पा



from Sherpa media Group Nepal http://bit.ly/2AaTvDx

No comments:

Post a Comment

Pages