काठमाडौ – अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाका बिषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित समाचारबारे शेर्पा समुदायले आपत्ति जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आरोपको सम्बन्धमा अनुसन्धान भइरहेको र कुनै पनि आधिकारिक निर्णय सार्वजनिक नभएको बताईरहेका बेला सञ्चार माध्यमहरुले ‘शेर्पालाई बर्खास्त गरिएको, ‘राजीनामा दिएको’ जस्ता भ्रमपूर्ण समाचार प्रकाशन, प्रसारण गरेर समग्र शेर्पा समुदायको प्रतिष्ठामा आँच पु-याउने काम गरेको भन्दै शेर्पा समुदायसँग सम्बन्धित संघसंस्थाले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल शेर्पा महिला संघ, हिमालयन शेर्पा साँस्कृतिक केन्द्र, नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा सञ्चार समुह नेपाल, नेपाल शेर्पा युवा संघ लगायतले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै तथ्यहीन समाचार सम्प्रेषण नगर्न/नगराउन सबै सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।
-yoho khabar
The post राजदुत शेर्पामाथि लगाएको लाञ्छना र प्रकाशित समाचार प्रति शेर्पा समुदायको आपत्ति appeared first on .
from http://bit.ly/2RJoSPi
No comments:
Post a Comment