सेर्कु शेर्पाद्धारा लिखित शेर्पा समुदायको मौलिक पहिचान नामक पुस्तकको विमोचन शनिबार गर्ने भएको छ । बौद्ध, नामनगर स्थित क्लव मण्डालामा विशेष समारोहबीच विमोचन हुने पुस्तक हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको महासचिव समेत रहेका शेर्पाद्धारा लेखिएको यो पहिलो कृति हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा साहित्यकार श्री महेश पौड्यालको प्रमुख आतिथ्यमा विमोचन गर्न लागिएको पुस्तक सँगै शेर्पा समुदायले अवलम्बन गर्दै आएको चौरी पालन पेशामा आधारित भई निर्माण गरिएको द लस्ट नोमेड्स अफ एभेरेस्ट नाम वृत्तचित्र समेत पर्दशन हुने कार्यक्रम संयोजक निम्लेकी शेर्पाले जानकारी दिनु भयो ।
शेर्पा समुदायमाथि रहेर लिखित पुस्तक विमोचन कार्यक्रम सेरनिमा प्रतिष्ठान नेपालले आयोजना गरिने भएको हो । पुस्तक लेखक सेर्कु शेर्पाले शेर्पा समुदायमा शेर्पा भाषा प्रशिक्षक समेत गर्दै आई रहनु भएको छ भने लामो समय शेर्पा समुदायको बारेमा अध्ययन अनुसन्धान गरि पुस्तक तयार गरिएको हो । शेर्पाका अनुसार “शेर्पा समुदायलाई विस्वमा चिनिएको भए तापनि शेर्पा समुदायको लिखित दस्तावेजहरु सोचे भन्दा कम भएको र यसलाई युवाहरुले विशेष ध्यान दिनु पर्ने छ” । विमोचन कार्यक्रम २०७५ माग २८ गते शनिबार दिउसो १२ः३० बजे हुने कार्यक्रम रहेको पनि आयोजक संस्थाले जनाकारी दिनु भयो ।
-sherpa world music
The post शेर्पा समुदायको मौलिक पहिचान नामक पुस्तकको विमोचन appeared first on .
from http://bit.ly/2QEXPQD
No comments:
Post a Comment