शेर्पा कलाकार संघको शनिबार सम्पन्न प्रथम अधिबेशनबाट अध्यक्षमा ङवाङ शेर्पा चयन भएको छ । स्थापनाको एक बर्ष पछि साधारणसभा तथा शनिबार प्रथम अधिवेशन भएको थियो।काठमाडौं मेडिकल कलेजस्थित एम। डि। रेस्टुरेन्टमा भएको अधिवेशनमा संघका नयाँ कार्यसमिति चयन भएसगै नयाँ नेतृत्व पाएको हो। अधिवेशन प्रदेश ३ का सांसद डि।एन। लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। शनिबार भएको अधिवेशनमा चयन भएका नयाँ पदाधिकारीहरुमा संघका अध्यक्षमा ङवाङ शेर्पा , उपाध्यक्षमा ल्हामु शेर्पा , उपाध्यक्षमै दोर्जी लामा, महासचिवमा दावा के। शेर्पा , सचिवमा ल्हमु शेर्पा , कोषाध्यक्षमा साङ्गे शेर्पा सह कोषाध्यक्षमा पेमा शेर्पा र सदस्यहरु क्रमशः दावादिन शेर्पा , आङ कुङ्गा शेर्पा , मिङ्मार शेर्पा , आङ्दामु शेर्पा , आङ्तेन्जी शेर्पा र ल्हाङ्को चयन भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले कलाकारहरु देशको महत्त्वपूर्ण गहना भएको र हालको अवस्थामा कलाकारिता पेसा नै एक महत्वपुर्ण र देशको पहिचानलाई जिवित राख्न सबल माध्यम भएको बताउनु भयो । त्यसैगरी उहाँले शेर्पा समुदायका कलाकारहरु राष्ट्रियस्तरसम्म पुगि आफ्नो प्रतिभा देखाउन सक्ने समेत दाबी गर्नुभयो । नया कार्यसमिति चयन भएलगतै संघका अध्यक्ष ङवाङ शेर्पाले आफुमा समुदायको थप जिम्मेवार थपेको र आफ्नो अमुल्य समय संस्थाको थप सबलिकरणमा खर्चिने र कलाकारहरुको प्रतिभालाई प्रस्फुटन गर्ने गराउने काममा तन मनले लागीपर्ने बताएका छन्
from Sherpa media Group Nepal https://ift.tt/2zSR8oF
No comments:
Post a Comment