मिस–मिस्टर शेर्पा २०१८ को अडिसन काठमाडौमा सम्पन्न भएको छ । शेर्पा समुदायका युवा युवतीलाई लक्षित गर्दै गत वर्ष देखिन आयोजना गर्न थालेको मिस शेर्पा र पहिलो पटक आयोजना गर्न लागेको मिस्टर शेर्पाको अडिसन सफलता पुर्वक सम्पन्न भएको जनाएको छ । डिपास इन्टरनेसनलले आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न जिल्लाका तीन दर्जन भन्दा बढी सहभागीहरुलाई अडिसनमा भाग लिएको आयोजकले जनाएको छ ।आयोजक संस्थाका अध्यक्ष पासाङ शेर्पा ९छेल्हमु०, संचारकर्मी तथा व्यक्तित्व विकास प्रशिक्षक तेन्डुप शेर्पा, संचारकर्मी प्रियंका भण्डारी र मिस शेर्पा २०१७ सोनाम डोमा शेर्पाले अडिसन लिएको थिए ।
यस प्रतियोगिताले क्षमता, दक्षता, प्रतिभा, वाक शक्तिलाई अब्बल बनाउँदै संस्कार, संस्कृतिका विषयमा ज्ञान दिलाउने आयोजक संस्था डिपासका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिइन् ।
डिपास इन्टरनेशनलले यसै वर्षदेखि मिस्टर शेर्पाको पनि आयोजना सुरु गरेको छ । अडिसनबाट छनौट भएकाहरुलाई केही दिन पछि विभिन्न चरणको प्रशिक्षण दिइनेछ । विभिन्न चरण पार गरेपछि प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाबाट एक जना मिस शेर्पा र एक जना मिस्टर शेर्पा छानिनेछ । यही डिसेम्बरको अन्तिममा काठमाडौँमा हुने अन्तिम प्रतिष्पर्धाबाट मिस र मिस्टर शेर्पाको छनौट गरिनेछ ।
मिस शेर्पाको विजेताले आगामी वर्ष अप्रिलमा क्रोयसियामा हुने मिस टुरिज्म वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि हुने अवसर पाउने आयोजक संस्थले जनाएको छ
from Sherpa media Group Nepal https://ift.tt/2UwSazc
No comments:
Post a Comment