निकुञ्जको अध्यक्षमा पुनः सोनामग्याल्जेन शेर्पा सर्वसम्मत - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

निकुञ्जको अध्यक्षमा पुनः सोनामग्याल्जेन शेर्पा सर्वसम्मत

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा सोनामग्याल्जेन शेर्पा पुनः निर्वाचित भएका छन् । हिमाली क्षेत्रको वातावरणीय पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान गरेकाले शेर्पालाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेमा भएको कार्यक्रममा अध्यक्ष शेर्पा सहित सदस्यहरुमा छिमीछिरिङ शेर्पा, ल्हाक्पागेल्जेन शेर्पा र सदस्य सचिवमा प्रमोद भट्टराईलाई सर्वसम्मत चयन गरिएको जनाएको छ । करिब ८८४८ मि फैलिएको सगरमाथ राष्ट्रिय निकुञ्जभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु लागयतका हिमचुचुराहरू समेटिएको छ । त्यस्तै स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । यहाँका तेङ्वोचे, पाङ्वोचे तथा थामे गुम्बाहरूमा बौद्ध धर्मको शिक्षा–दीक्षा प्रदान गर्ने महत्त्वपूर्ण स्थानले सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्वको रुपमा लिने गरिन्छ । मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलाकेन गर्न वर्षेनी हजारौं पयर्टकहरू यहाँ आउने गर्दछन । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ भने मध्यवर्ती क्षेत्रको घोषणाबाट निकुञ्जभित्र र वरपरका तीन वडाका जनता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पर्यटनको विकासबाट यहाँका बासिन्दाहरूको आर्थिक विकासमा ठूलो टेवा पुगेको छ



from Sherpa media Group Nepal https://ift.tt/2OVm8cn

No comments:

Post a Comment

Pages